मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचारको खबर मलाई पहिले नै थाहा थियो तर ज्यान जाने डरले बोलिन : डा.केसी (भिडियो)

एक खर्बमा खेल्दै गरेका गोकुल बाँस्कोटा गरिबको छोरो भएकोले ७० करोडमै डुबे !


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन १२, २०७६

राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले प्रधानमन्त्री केपी ओली गत बर्ष बेलायतबाट फ्रान्स जानुको अर्थ सेक्युरिटी प्रेससँग सम्बन्धित बिषयको लागी भएको संवाद चौतारीको एक कार्यक्रममा बताए।

सेक्सुरिटी प्रिन्टिंग प्रेस खरिद प्रकरण नेपाली इतिहासको सबैभन्दा ठूलो भ्रष्टाचार हुने खबर फ्रान्सबाट आएको आफूले पहिल्यै थाहा भएको केसीले खुलासा गरे।

यो खबर आफूले पहिल्यै थाहाँ पाएर बाहिर ल्याउन खोज्दा आफ्नो ज्यानको असुरक्षा हुने भएर डराएको पछि कुनै एक मिडियालाई जानकारी गराउँदा मिडियाले प्रकासित नगरेको डा.केसीको दाबी छ।

गोर्खाबाट चुनाब हारेर अहिले राष्ट्रिय सभामा सांसद बनेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ अर्थमन्त्री बन्न सक्ने कुरा पनि आफूले बुझेको केसीले बताए।

गरिब देशका प्रधानमन्त्री केपी ओलीले हेलिकप्टरमा चढेर गएर पन्ध्र किलोको केक काट्नु देश र जनताको दुर्भाग्य भएको र जनताहरु केहि गर्न नसकी निरिह झैं भएकोमा केसीले चिन्ता ब्यक्त गरे।

केहि दिन अघि सत्तरी करोड बार्गेनिङ गरेको भिडियो सार्वजानिक भएपछि संचार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटाले एक खर्बमा खेल्दै गरेको र गरिबको छोरो भएकोले सत्तरी करोडमै डुबेको केसीले ब्यंग गरे।

हेर्नुहोस् डा. केसीको पूरा बिचारहरु भिडियोमा

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट