शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

नेपाली नागरिकको अब भोक र तिर्खाले म’र्ने दिने सकिए: प्रधानमन्त्री ओली


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन ११, २०७६

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बृद्ध नेपाल सुखी नेपालीको सपना पूरा गर्न लागिपरेको बताएका छन् ।

जनजीविकासंग गाँसिएको प्रमुख योजनाहरुको निर्माण कार्य द्रुत गतिमा हुँदै गरेको जानकारी दिनुहुँदै प्रधानमन्त्री ओलीले अब सर्वसाधरणको सुखदको दिन सुरु भएको बताए  ।

पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा आइतबार तीन हजार ४३ घरका १७ हजार बढी नागरिकका लागि वितरित पिउने पानी आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकले अब भोक र तिर्खाले मर्ने दिनको समेत अन्त्य भएको बताए ।

मुहान सुकेर पानी जोहो गर्न घण्टौ समय लगाउनुपर्ने र पानी जोहो गर्न कष्टपूर्ण कार्यहरु गर्नु पर्ने दिनको समेत अन्त्य हुनेगरी सरकार लागेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो ।

५१ करोडमा ३० लाख रकमको लागतमा तमोर नदीदेखि पम्पिङ प्रविधिबाट खानेपानी ल्याउने काम भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट