शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

यी हुन् नेपाली सेनाले सार्वजनिक गरेका शक्तिशाली हतियार(भिडियो सहित)


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन ९, २०७६

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

सेनाले महाशिवरात्रि अघि दुई दिन आफू सँग भएका हात-हति-यार प्रदर्शनीमा राखेको थियो। काठमाडौंको भद्रकालीमा सेनाले अ‌ंग्रेज यु`द्धमा लुटेका हति-यार र खम्पा वि`द्रो`हीसँग लुटेका अमेरिकी हति-यार समेत प्रदर्शनीमा राखेको थियो । त्यस्तै सेनाले आफूसँग भएको एन्टी एयर-क्राफ्ट हति-यारहरु समेत प्रदर्शनीमा राखेको थियो।

नेपाली सेनाले सार्वजनिक गरेको मध्ये सबैभन्दा शक्त-शाली हति-यार १०५/३७ एलएफजी हो। १३ सय ८० किलो तौल भएको यो हति-यारले १७ किलोमिटरसम्म मा`र हान्न सक्छ। यसबाट प्रहार गरिएको ब`मले ४० मिटरको रेडियस बनाएर ध्व`स्त पार्ने क्षमता राख्छ। यो हति-यार चलाउन सात जनासम्म आवश्यक हुन्छ।

त्यस्तै सेनाले प्रदर्शनीमा ट्विन ब्यारल अटोमेटिक एन्टी एयरक्राफ्ट समेत राखेको थियो। चीनबाट २०४५ सालमा हवाई प्रतिरक्षाका लागि एन्टी एयर-क्राफ्ट मेसिन-गन भित्र्याइएको हो। सेनासँग भएको एन्टि एयर-क्राफ्ट मेसिन-गनले १२ हजार मिटरसम्म प्रहार गर्न सक्छ।

सेनाले शिवरात्रि अघि सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरेको थियो ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया
ताजा अपडेट