शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

२ लाख घुससहित सुर्खेतबाट खानेपानीका प्राविधिक पक्राउ


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन ९, २०७६

काठमाडाैं : सुर्खेतको भेरीगंगा नगरपालिकाको एक जना खानेपानी तथा सरसफाइका प्राविधिक कर्मचारीलाई २ लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नगरपालिकामा कार्यरत प्राविधिक चित्रबहादुर केसीलाई पक्राउ गरेको हो।

उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो।

चित्रबहादुरले भेरिगंगा–११ स्थित तल्लो बराहस्थित झोलुंगे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुसबापत सो रकम लिएको अख्तियारले जनाएको छ।

अख्तियारले केसीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट