मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

आफुप्रति उठेका औलाको प्रधानमन्त्रीले उत्तर दिउन


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन ९, २०७६

लामो समय देखी संक्रमणकालिन अवस्थामा गुज्रिएको नेपालको राजनीतिक ब्याबस्थामा ७ दशक लामो प्रतिक्षमा पछि संबिधानसभाबाट संबिधान जारि पश्चात बनेको मुलुकको इतिहासकै सबै भन्दा शक्तिशाली दुई तिहाइको सरकारबाट आम नागरिकले धेरै अपेक्षा गरेका थिए।

वर्ग संघर्षको कुरा गरेर नथाक्ने कम्युनिस्टहरुले सरकार बनाउदा झन नागरिकको अपेक्षा चुलिएको थियो। त्यसमा पनि अगिल्लो पटक प्रधानमन्त्री बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सवालमा लिएको अडान उनले देखाएको बिकाशका काममा देखाएको महत्वाकांक्षी सपनाले जनतामा उत्साह जगाएको थियो।

तिनै ओली दोस्रो पटक त्यो पनि दुई तिहाइ जनमत सहित प्रधानमन्त्री बन्दा जनतामा आश जाग्नु नौलो कुरा थिएन। तर जनताको त्यो आशामा तुषारापात लाग्न धेरै बेर लागेन। राष्ट्रियताको सवाल देखी लिएर सुशासन सम्ममा सरकार फेल भयो। भ्रष्टाचारको सीमाले डाडो काटेको बिभिन्न तथ्यांकले देखाएको छ।

सुशासन, भ्रष्टाचार राष्ट्रियताको सवाल लगाएतका कुरामा खडा हुन छाडेर दूइ तिहाइको स्वप्नदर्शी महत्वाकांक्षी सरकार विभिन्न बिधयक ल्याएर जनताका मौलिक अधिकारमा हस्ताक्षप गर्न लाग्यो। यातायातको सेन्डिकेटलाई प्रोत्साहन गर्दै बिधयक मार्फत सरकारको बिरोध गर्ने हरुलाई रोक्न तत्पर देखियो।

दुई तिहाइको सरकार सुशासनको सवालमा निर्मला पन्तका ह$त्यारालाई प`क्राउ गर्न छाडेर पशुपति शर्माका गीतहरुलाई रोक्न तर्फ उन्मुख भयो। जसले जनतामा सरकारसँग मात्र नभएर राजनीति संगनै बित्रिष्णा पैदा भएको छ। वाइटबडी जहाज प्रकरण, बालुवाटार जग्गा प्रकरण, नेपाल ट्रस्टको जग्गा भाडामा लाउने सवालमा होस या सुन-का`ण्ड होस सबै ठाउँ सरकार चुकेन मात्र आफ्नै संग्लनता रहेको देखायो।

जनताले देशको विकास, स्वतन्त्रताको रक्षा र अशल शासनको अपेक्षा बलियो सरकारसँग पनि सरकार गठन नहुँदैदेखि कम्युनिस्ट नेताहरूले देखाएको चरित्र र प्रवृत्तिले जनतालाई निराश बनाउन थाल्यो । सभामुख महरा ब`ला`त्का`रको आरोपमा जे`ल पुगे। उनले जे`लबाट सफाई पाई सकेका भएपनि सरकार र अदालतको फैसलासँग आम नागरिकले आशंका गरिरहेका छन्।

कम्युनिस्ट सरकारको सबैभन्दा पारदर्शी रुपमा देखिएको भ्रष्टाचार र कमिसनमा भर्खरै प्रधानमन्त्रीका बिश्वासपात्र गोकुल बाँस्कोटा मुछिए। उक्त कमिसनमा बाँस्कोटा मात्र मुछिएनन उनले प्रधानमन्त्री ओलीलाई समेत आशंकाको घेरामा ताने। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँ बनेको भनेर भर्खर बालुवाटार जग्गा प्रकरणले देखाएको छ।

बाँसकोटाको अडियो टेप सार्वजनिक पछि मन्त्री पदबाट राजिनामा दिए तर सरकारका अहिले सम्मका घटना हेर्दा उनको यो बिषयमा निस्पक्ष छानविन हुने कुरामा आशंका गर्ने ठाउँ कयौ छन्। मन्त्री पदबाट राजीनामा गरेर यो प्रकरणको अन्त नहोला । तर त्यो रकम कति थियो, कुन रुपमा लेनदेन भयो र त्यो कहाँ गयो, त्यसको विश्वसनीय छानबिन नभएमा सरकारका निकाय हरुले सफाई दिए पनि आम नागरिकले अहिलेको राजनीति नेकपा सरकार माथि औंलाहरु उठाईरहने छन् ।

राजनीतिलाई उत्तरदायित्व र सेवाका माध्यम बनाउने भन्दा पनि कमाउ पेसा बनाउने क्रम बढेको छ । राजनीतिजस्तो पवित्र र उत्तम कर्मलाई कमाउने पेसाका रूपमा बदनियत गराइएको छ । यो राजनीतिप्रतिको अपमान हो । भद्दा मजाक हो । समकालीन नेपाली राजनीतिको यो बिडम्बना अब कायम हुनु हुँदैन । यदि गरिन्छ भने यो समृद्धिको यात्रा र भावी पुस्ताका लागि गद्धारी हुनेछ ।

त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रति उठ्ने औलाहरुलाई निस्तेज गर्न र राजनीतिमा व्याप्त भ्रष्टी-करण वि`रुद्ध आफूलाई खरो उतार्न हिच-किचाउनु हुँदैन ।

प्रतिक्रिया
ताजा अपडेट