मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

भैंसी चो`रेको आरोपमा दुई प`क्रा`उ


  • भवानी अधिकारी
  • बुध, फाल्गुन ७, २०७६

भैँसी चो`री गरेको आरोपमा प्रहरीले भिर-कोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई प`क्रा`उ गरेको छ ।

उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोध-पुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चो`री भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिप-सहित प`क्रा`उ गरेको प्रहरीले जनाएको छ ।

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए । चो`री कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनु-सन्धान थालिएको जनाएको छ ।

चो`री गर्ने व्यक्तिलाई कडा-भन्दा कडा कार-वाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट