शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

भीआईपीको महँगो गाडी मोहमा अकुंश लगाउँदै सरकार


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारीसाधन खरिद गरी राज्य कोषको ढुकुटी रित्र्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ ।

अहिले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिबीच महँगा गाडी खरिद गर्ने प्रवृत्ति अत्यधिक बढेपछि त्यस्तो प्रवृत्तिलाई अंकुश लगाउने गरी नयाँ मापदण्ड बनाउन लागिएको हो । महँगा गाडी खरिद गर्दा आर्थिक अनियमिततासमेत बढेको सरकारको ठहर छ ।

अर्थ मन्त्रालयले जनप्रतिनिधि र कर्मचारीको हैसियतअनुसार कस्ता गाडी आवश्यक हुन्छ, सोहीअनुसार अध्ययन गरी नयाँ मापदण्ड बनाउन लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उच्चपदस्थ व्यक्तिबीच आवश्यकभन्दा बढी गाडी खरिद गर्ने मोह बढेसँगै अब नयाँ बन्ने मापदण्डले सवारीसाधन चढ्नेहरूको हैसियत समेत निर्धारण गर्नेछ ।

चालू आर्थिक वर्षमा सवारीसाधनलाई विलासिताको वस्तु भन्दै राजस्व वृद्धि गरेको सरकारले अझै हैसियतभन्दा बढीका महँगा गाडी खरिद गर्ने प्रवृद्धि नियन्त्रणका लागि गाडी खरिद प्रक्रियामा थप कडाइ गर्न लागेको हो । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट