शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

पौडेल र महराले न्याय पाए कि जनताले न्यायालय र सरकारसँग बिस्वास गुमाए

बुढी मरी भन्दा पनि काल पल्कियो भन्ने चिन्ता


  • खेमराज दाहाल
  • मङ्ल, फाल्गुन ६, २०७६

काठमाडौं । ललिता निवास प्रकरण अझै सेलाई सकेको छैन। पूर्वमन्त्री सहित १७५ जना बिरुद्ध अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गर्यो। सोही जग्गा प्रकरणमा पहिले देखिनै आलोचना हुदै आएका सत्ताघटक नेकपाका महासचिव बिष्णु पौडेलले उन्मुक्ति पाए।

उनले उन्मुक्ति पाउनुको कारण देखाइयो उनले बालुवाटारको जग्गा सरकारलाई फिर्ता गर्नु। बिष्णु पौडेलले राजनीतिक स्वार्थ बिना करौडौ पर्ने जग्गा लाखको मुल्यमा खरिद गर्न पक्कै पाएका थिएनन। बालुवाटारको जग्गाका प्रमुख भूमाफिया शोभाकान्त ढकालसँग बिष्णु पौडेलको नजिकको सम्बन्ध रहेको खुली सकेको छ।

तिनै शोभाकान्त ढकालकी श्रीमती उमा ढकालसँग बिष्णु पौडेल (नविन पौडेल)ले जग्गा लिएका हुन्। उमा ढकाल र माधवी सुवेदीका नाममा रहेको कित्ता नम्बर ३०९ र ३१५ को जम्मा आठ आना जग्गा २०६१ पुस २९ गते विष्णु पौडेलका छोरा नवीनको नाममा सरेको डिल्लीबजार मालपोतको रेकर्डमा देखिन्छ।

सरकारी छानबिन समितिले भू-माफिया भनेर किटान गरेका शोभाकान्त र रामकुमारका श्रीमतीहरूबाट जग्गा सिधै विष्णु पौडेलका छोराका नाममा सरेकाले यो प्रकरणमा उनको गहिरो सम्बन्ध देखिन्छ। मालपोतको रेकर्डअनुसार बालुवाटारको आठ आना जग्गा पौडेलले चार लाख रूपैयाँमा किनेको देखिन्छ। पौडेलले आफुले सो जग्गा ४ लाखमा किनेको भनेर स्वीकार पनि गरि सकेका छन्।

२०६१ सालमा किनेको त्यो जग्गाको भाउ चार लाख (प्रतिआना ५० हजार रूपैयाँ) मात्र हुन सम्भवै छैन। पौडेल र ढकालको सम्बन्ध थाहा पाउने नेकपाकै नेताहरू उक्त जग्गा ढकाल र सुवेदीले पौडेललाई ‘उपहार’ दिएको बताउँछन्। तत्कालिन एमाले स्वास्थ्य विभाग सदस्य ढकाललाई २०७० सालको संविधानसभा चुनावमा पौडेलले जोडबल गरेर समानुपातिक सांसद सिफारिस गराएका थिए। निर्वाचन आयोगमा पनि उनको नाम गएको थियो।

डा. ढकाल र पौडेलको दोस्तीले सरकारी नाममा रहेको जग्गामध्ये आठ आना पौडेलको नाममा पुर्यायो। अर्कातिर, सुवेदी र ढकालका गैरकानुनी कामलाई मन्त्रिपरिषदबाट वैधताको लेप लगाउन पौडेलले सहयोग गरे।

सरकारी जग्गा विभिन्न व्यक्तिका नाम हुँदै आफ्नो नाममा ल्याउनु पौडेलको ठूलो गल्ती थियो। त्योभन्दा कैयन गुना गल्ती उनले सुवेदी र ढकालले गरेको कामलाई वैधता दिने गरी माधव नेपाल प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषदबाट एउटा निर्णय गराए। त्यो थियो डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी माधव नेपालको मन्त्रिपरिषदले २०६७ वैशाख ३१ गते गरेको एउटा निर्णय ।

भूमिसुधार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले डिल्लीबजार मालपोतलाई सिधै जग्गाको श्रेस्ता दाखिल-खारेज तथा दर्ता गर्न सक्ने अधिकार दियो। मन्त्रिपरिषदको यो निर्णयले एकातिर डिल्लीबजार मालपोतले यसअघि गरेका सबै अवैध कामलाई वैधता दियो, अर्कातिर थप बदमासी गर्ने बाटो खोलिदियो।

त्यही निर्णयमा टेकेर डिल्लीबजार मालपोतले त्यसपछि पनि सरकारी, सार्वजनिक र गुठीका जग्गासमेत व्यक्तिका नाममा दर्ता गरेको सरकारी छानबिन टोलीले प्रतिवेदनमा उल्लेख गरेको छ। यसरि सरसर्ती हेर्दा पनि स्पस्ट छ कि बालुवाटार जग्गा प्रकरणमा बिष्णु पौडेल अछुतो छैनन्। तर तिनै बिष्णु पौडेललाई सरकारले सबै भन्दा पहिले सफाई दियो।

खेमराज दाहाल

सोमबार काठमाडौं जिल्ला अदालतबाट जवर-जस्ती क`रणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाए । संसद् सचिवालयकी कर्मचारीमाथि जवर-जस्ती क`रणी उद्योगमा महरा वि`रुद्धको मुद्दामा सुनवाइ गर्दै जिल्ला न्यायाधीश अम्मरराज पौडेलको एकल इजलासले निर्दोष ठहर गर्दै सफाइ दियो ।

किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्रले महराले सफाइ पाउने प्रमुख आधार बनेको उल्लेख गरेको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले घटनास्थलमा बरामद भएका सामानको औंठाछाप पनि प्रतिवादीसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाइको आधार बनाएको छ।

अदालतमा प्रतिवादीको इन्कारी बयान, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल हुने गरी कुटपिट र अरू घटना नभएको बयान दिएकाले आरोपबाट सफाइ ठहर्ने भनी रायकिताबमा राय व्यक्त भएको अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले बताएका छन्।

रायकिताबको रायअनुसार घटनास्थलमा बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरोपितहरूको हस्तरेखाको तुलनात्मक अध्ययनबाट पनि प्रतिवादी घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख गर्दै महरालाई निर्दोष सावित गरियो।

तर वास्तविकता र सच्चाई बाट अदालत प्राभावित भएको देखिन्छ। अदालतको फैसलाको पूर्ण आई सकेको छैन तर अहिले भने अदालतले विभिन्न आशंका गर्ने ठाउ छाडेको छ। किटानी जाहेरी दिने पिडित रोशनी शाहीले आफ्नो मुखमा महराले बारम्बार प्रहार गरेको र ब`ला`त्का`र`को प्रयास गरेको दाबी गरेकी थिइन्।

‘उनले मेरो मुखमा बारम्बार मुक्का हाने, अनि मैले पछाडिबाट पेन्टमा समाएँ र प्रहरीलाई बोलाउने चेतावनी दिएँ,’ प्रहरी प्रतिवेदनमा उल्लेखित मेडिकल रिपोर्टमा भनिएको थियो, ‘अनि मैले गुहार मागेर चिच्याएँ, त्यसपछि उनी भान्साकोठाको ढोका प्रयोग गरेर भागे। ममाथि आक्र-मण गर्दा उनी मदिराले मातेका थिए।’

महराले ब`ला`त्का`रको आरोपबाट सफाइ पाए पनि प्रहरी र सरकारी वकिलको दाबीअनुसार आरोप पुष्टि हुने कैयौं प्रमाण थिए । प्रहरीले दाबी गरेका प्रमाणभन्दा महरा र पी`डितको बकपत्रलाई अदालतले महत्त्वपूर्ण प्रमाण मानेर उनीहरूकै बयानअनुसार घटना भएको पुष्टि नभएको दाबी गरेको देखिन्छ । आरोपपत्रमा प्रहरीले प्रमाण भनी दाबी गरेका कैयौं विवरण छन्, जसलाई अदालतले स्वीकार गरेको देखिँदैन।

गत असोज १२ मा महरा शाहीको कोठामा पुगेको र दुवै पक्षबीच छिनाझप्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो। सिसासहितको एउटा फ्रेम महराले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा पीडितकै कोठामा छुटेको थियो। आरोपपत्रको दाबीअनुसार ‘घ`टना स्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डन्डी महराकै हो भन्ने तथ्य स्थापित भएको देखिन्छ।’

महरामाथि सभामुखको पद दुरुपयोग गरेको आ`रोप सहित सरकारी वकिलले ‘निवासबाट बाहिर निस्कँदासमेत आफ्ना वरिष्ठ सुरक्षाकर्मीलाई यकिन जानकारी नदिएको’ आ`रोप लगाएको थियो। पी`डितलाई मा`दक पदार्थ सेवन गर्न कर लगाएको अनि सार्वजनिक पदको लाभ लिएको आरोप पनि अभियोगपत्रमा थियो ।

प्रहरीको कन्ट्रोल रुममा परेको उजुरीलाई पनि प्रमाणका रूपमा पेस गरिएको थियो । घटना हुने दिन बेलुकी ८ बजेर ४० मिनेट जाँदा ‘नयाँ बानेश्वर २६’ ले आफूमाथि महराबाट ब`ला`त्का`र प्रयास भएको भनी १०० मा फोन गरेकी थिइन्।

रानीपोखरीस्थित आयुक्तको कार्यालयमा रहेको ‘कन्ट्रोल रुम’ले त्यो सूचना तत्काल बानेश्वर वृत्तलाई पठाइदियो । त्यही सूचनाका आधारमा बानेश्वरबाट प्रहरी घटनास्थल पुगेर पीडितलाई भेटेका थिए। अनुसन्धानक्रममा महराले ‘फर्गेट यस्टर्डे (हिजोको कुरा बिर्सिदेऊ) भनी गरेको म्यासेजलाई प्रमाणका रूपमा पेस गरिएको थियो।

प्रहरीले महराको सुरक्षामा खटिएका सेना, सशस्त्र र जनपदका आधा दर्जन सुरक्षाकर्मीसँग बयान लिएको थियो । उनीहरूले पी`डितको कोठा बाहिरसम्म आफूहरू गएको अनि महरा भित्र गएर फर्किएको बयान दिएका थिए । सीसीटीभी फुटेज हेर्दा महरा करिब एक घण्टाभन्दा बढी समय पीडितको कोठामा बसेको पाइएको थियो ।

उजुरीकर्ताको अनुहार र हातमा लागेको चोटलाई ब`ला`त्का`रको प्रयासकै परिणामका रूपमा चित्रण गरिएको थियो । आलो घा`उ-चो`टले ब`ला`त्का`रको प्रयासका क्रममा रोशनी माथि हात-पात र आक्र-मणसमेत भएको आरोपपत्रमा दाबी थियो । प्रहरीले प्रमाणका रूपमा घ`टना स्थलको फोटो, भिडियो, चस्माको डन्डी र सिसा, म`दिराको बोतल र गिलास अनि महराको जुत्ताको तलुवासमेत अदालतमा पेस गरेको थियो।

तर महरा बि`रुद्धमा आएका यी सबै सबुत प्रमाणको बेवास्ता गर्दै अदालतले प्रतिवादीको इन्कारी बयान, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल खान गएको बयानलाई प्रमुख मान्दै महरालाई सफाई दिएको छ। यसरी आफु सरकार अनुकुल कानुनको बाख्या गर्ने न्यायालले निर्मला पन्त, अधिकारी दम्पती, अर्जुन लामा, मैना सुनुवार, भैरवनाथ गण, बर्दिया, बाँदरमुडे, काजोल खातुन, उमा सिंह, दोरम्बा, मुक्तिनाथ अधिकारी हरुलाई न्या`य देला र ?

प्रतिक्रिया
ताजा अपडेट