शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

यस्तो छ महराले सफाइ पाउनुको भित्री कारण


  • स्वदेश नेपाल
  • मङ्ल, फाल्गुन ६, २०७६

जिल्ला अदालत काठमाडौंले ब`ला`त्का`र प्रयास गरेको आरोपबाट पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। किटानी जाहेरी नै खण्डन हुने गरी पीडितले अदालतमा गरेको बकपत्रले महराले सफाइ पाउने प्रमुख आधार बनेको हो।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले घ`टना-स्थलमा बरा-मद भएका सामानको औंठा-छाप पनि प्रति-वादीसँग मेल नखाएको भन्ने अर्को तथ्यलाई सफाइको आधार बनाएको छ।

‘फैसलाको पूर्णपाठ तयार भइसकेको छैन, त्यो आएपछि विस्तृत रूपमा स्पष्ट हुनेछ,’ जिल्ला अदालतका स्रेस्तेदार आनन्दकुमार श्रेष्ठले भने, ‘अदालतमा प्रतिवादीको इन्कारी बयान थियो, जाहेरीकर्ताले पनि प्रतिवादीको भनाइसँग मेल हुने गरी कु`ट`पि`ट र अरू घ`टना नभएको बयान दिएकाले आरोपबाट सफाइ ठहर्ने भनी राय-किताबमा राय व्यक्त भएको छ।’

रायकिताबको रायअनुसार घटनास्थलमा बरामद भएका गिलासलगायत सामानमा भेटिएको हस्तरेखा र आरो`पितको हस्तरेखाको तुलनात्मक अध्ययनबाट पनि प्रति-वादी घटनामा संलग्न भएको पुष्टि हुन नसकेको उल्लेख छ। यो खबर आजको कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन्।

हस्तरेखाको अध्ययन गरेका विशेषज्ञले औंठाको छापमा तुलनात्मक अध्ययन गर्न र विश्लेषण गर्न नसकिएको राय दिएका थिए । बयानमुखी अनुसन्धान पद्धतिमा मुद्दाका सरोकारवालाले अदालतमा गर्ने बयानलाई महत्त्वपूर्ण प्रमाण मानिन्छ । जिल्ला अदालत काठमाडौंले त्यही बयानलाई प्राथमिकता दिएर न्यायनिरूपण गरेको देखिन्छ ।

‘अरू प्रमाण नभएको अवस्थामा उनीहरूको बयानलाई नै अदालतले प्रमाणका रूपमा ग्रहण गरेको हुनुपर्छ,’ ती कर्मचारीले भने, ‘पीडितले स्वास्थ्य परीक्षणका क्रममा कु`ट`पि`ट`बाट चोट र दाग भएको भनेर रिपोर्टमा लेखिएका कुरालाई अदालतले कसरी हेर्‍यो, पछि पूर्णपाठ आएपछि मात्रै थाहा होला।’

प्रतिक्रिया
ताजा अपडेट