शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

वुहानबाट ल्याइएका विद्यार्थीलाई खरिपाटीमा राखिएपछि केही स्थानीयले घर छाडे


  • स्वदेश नेपाल
  • सोम, फाल्गुन ५, २०७६

काठमाडौं । चीनको वुहानबाट ल्याइएका १७५ नेपालीलाई खरिपाटीमा राखिएपछि आइतबार केही स्थानीयले घर छाडेका छन्। क्वारेन्टाइनमा रहेका विद्यार्थीहरुको चहलपहल बाहिरैबाट देखिने हुँदा त्यसले जोखिम निम्त्याउने आशंका ले केही स्थानीयले घर छाडेका हुन्।

विद्यार्थीहरू छतमा आवतजावत गरेको देखेपछि झ्याल खुल्ला हुन्छ, त्यसैले जोखिम निम्त्याउने डरले आफन्तहरुको घरमा गएर बस्ने स्थानिएले बताएका छन । डेरामा बस्दै आएका केही परिवार भने ढोकामा ताल्चा नै ठोकेर आफ्नो घर गएका छन्।

स्थानीय प्रकाश लामिछानले भने आजै कम्तिमा ५० जना मान्छेले खरिपाटी छोडेको बाताए। आफूले पनि श्रीमती र बच्चालाई ससुराली पठाएको उनले बताए। “मलाई त थाहा छ नि त्यस्तो हुन्न भनेर तर उनीहरु त्रासले रुन्छन्।” लामिछानेले भने, “त्यसपछि मलाई पनि भोलि केही पो हुने हो कि भन्ने लाग्यो ।”

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने आफूलाई स्थानीयले घर छाडेको कुरा जानकारी नभएको बताएकि छन्। “यसबारे मलाई थाहा भएन, त्यस्तो हो भने म एकपटक बुझ्छु,” पाण्डेले भनिन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक शेरबहादुर पुनले कसैसँग टाडाबाट आँखा जुध्दैमा अथवा कसैलाई पर हिँडडुल गरेको देख्दैमा संक्र-मण नसर्ने बताए। “पहिलो कुरा त स्थानीयले उहाँहरु संक्रमित होइनन् भनेर बुझ्नुपर्छ, अर्को कुरा उहाँहरु छतमा हिँडडुल गर्दैमा, कोठाको झ्याल खुल्ला हुँदैमा त्यसको संक्रमण सर्ने भन्ने हुँदैन,” पुनले भने, “त्यसैले स्थानीयले ढुक्क भएर बस्ता हुन्छ।”

उनले मानिसहरुमा मनोत्रास हुँदा त्यस्तो भएको हुनसक्ने बताए । सरकारले वुहानमा रहेका १७५ जना नेपालीलाई उद्दार गरी आइतबार खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिमकेन्द्रमा राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट