आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

दुई मन्त्री चढ्ने गाडीको नम्बर प्लेट नै एउटै


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन ४, २०७६

काठमाडौं । नेपालमा सवारीसाधन चोरीका घ`ट`ना नौलो होइन । कार, मोटरसाइकल, ट्याक्सीसमेत चोरी गरेर नम्बरप्लेट नै परिवर्तन गरेर चलाउने गरिएको पाइन्छ । यस्तो घ`ट`ना खासगरी मोफसलका जिल्लामा भेटिन्छ ।

तर, देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमै मन्त्रीले चढ्ने सवारीसाधनको नम्बर प्लेट एउटै पाइएको छ । शनिबार पूर्वसचिव भीम उपाध्यायले आफ्नो फेसबुकमा एउटा तस्बिर राखे । जसमा दुईवटा मन्त्रीका गाडी छन् । तर, नम्बर प्लेट भने एउटै छ ।

एउटै नम्बर प्लेट भएका सवारीसाधन सिंहदरबारमै रहेको र खुलमखुला चढ्ने गरिरहँदा पनि ट्राफिक प्रहरीले अहिलेसम्म थाहा पाएको देखिएन । हालै एउटै नम्बर प्लेट भएको दुईवटा सवारीसाधनको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

पूर्वसचिव उपाध्यायले फेसबुकमा लेखेका छन्, ‘मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।’ पार्किङ गरी राखिएका दुईवटै गाडीको नम्बर प्लेटमा बा२झ ३५३२ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट