आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

स्पेनिस लिग फुटबलमा बार्सिलोना विजयी


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन ४, २०७६

एजेन्सी । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले गेटाफेलाई २–१ ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलका साविक विजेता बार्सिलोनालाई विजयी गराउन एन्टोनियो ग्रिजम्यान र सर्गे रोबर्टोले एक एक गोल गरे ।

गेटाफेका एन्जल रोड्रिगेजले एक गोल फर्काए । जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अंक बराबरी गरेको छ । बार्सिलोनाले २४ खेलमा ५२ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियाल मड्रिड समान ५२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

ला–लिगाअन्तर्गत गएराती भएका अन्य खेलहरुमा भियारियालले लेभान्तेलाई २–१ ले हराउँदा ग्रानाडाले रियाल भालाडोलिडमाथि २–१ को तथा मयोर्काले डेपोर्टीभो आलाभेजमाथि १–० को जित निकाले ।

प्रतिक्रिया
ताजा अपडेट