आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

बिग बोस–१३ को उपाधि सिद्धार्थ शुक्लाले जिते


  • स्वदेश नेपाल
  • आइत, फाल्गुन ४, २०७६

एजेन्सी । कलर्स टेलिभिजनको चर्चित र लोकप्रिय शो बिग वाँस १३ को विजेता सिद्धार्थ शुक्ला बनेका छन् । सिद्धार्थले ५० लाख रुपैयाँ पुरस्कारक साथै एउटा स्वैंकी कार पाएका छन् ।

करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको फाइनलमा ६ प्रतियोगी पुगेका थिए। जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए।

ग्रान्ड फिनालेमा सबैभन्दा पहिला पारस छाबडा बाहिरिएका थिए। उनले १० लाख पुरस्कार लिए। त्यसपछि जनताको मतका आधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए।

अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो। गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको हो।

प्रतिक्रिया
ताजा अपडेट