आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

१० बर्षको उमेरदेखि दैनिक एक किलो माटो खादैछिन् यी महिला


  • स्वदेश नेपाल
  • शनि, फाल्गुन ३, २०७६

काठमाडौं – विश्वमा अनौठा प्रतिभा भएका धेरै मानिसहरु छन् । कुनैले यस्तो कार्य गरेर देखाउछन्, जुन पत्याउन निकै मुस्कील पर्छ ।

यस्तै तपाईलाई पत्यार नलाग्न सक्छ, भारतकी एक महिलाले दैनिक माटो खाने गर्छिन् । भारतको त्तरप्रदेशको एक गाउँमा रहेकी सुदामा देवीले दैनिक एक किलो माटो खाने गर्छिन् ।

उनले आफुलाई भोक नलागेपनि दिनहु एक किलो माटो खान्छिन् । उनले दैनिक माटो नखाए निन्द्रा नै पर्दैन । उनले आफु १० बर्षको हुँदा देखि माटो खाने गरेको बताएकी छिन् ।

उनले आफु बाल्यकाल हुँदा साथीहरुसंग खेल्ने क्रममा माटो खाने गरेको बताएकी छिन् ।९२ वर्ष पुग्दा पनि उनी अहिलेसम्म स्वस्थ नै छिन् । माटोले उनको शरिरलाइृ कुनै हानि नगरेको बताइएको छ ।

उनले दैनिक सुख्खा माटोमा पहिला थोरै एक गिलास पानी मिसाएर पिउने गरेको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट