मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

जिपको ठ`क्क`रबाट ड्युटीमा तैनाथ प्रहरीका असईको मृ`त्यु


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

साँगा– काभ्रेको साँगामा एउटा बोलोरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई)को मृ`त्यु भएको छ ।

काठमाडौंबाट बनेपातर्फ गइरहेको बा १९ च १३२३ नम्बरको बोलेरो जिपको ठक्करबाट प्रहरी चौकी साँगामा कार्यरत प्रहरीका असई तेजबहादुर गुरुङको मृ`त्यु भएको हो ।

सशस्त्र प्रहरी गुल्म काभ्रेमा दरबन्दी भइ साँगा प्रहरी चौकीमा कार्यरत असई गुरुङलाई बोलेरो जिपले कार्यालय अगाडि नै ठ`क्कर दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रविकुमार पौडेलले जानकारी दिए ।

असई गुरुङ नवलपरासीको त्रिवेणी–८ का स्थायी बासिन्दा हुन् ।

एसपी पौडेलका अनुसार ठ`क्कर दिने बोलोरो जिपका चालकलाई निय`न्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बोलोरोले आफ्नो निय`न्त्रण गुमाउँदा दुर्घटना भएको देखिएको एसपी पौडेलले बताए ।

प्रतिक्रिया
ताजा अपडेट