मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

कलेज आन्दोलन : विद्यार्थीले दिएको प्रेमपत्र र गुलाफको फूल प्रशासनले लिएन


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं : एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले आन्दोलनस्वरूप कलेज प्रशासनलाई प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा प्रशासनले अस्वीकार गरेको छ।

कलेजले लिने शुल्क लगायतमा विवाद भएपछि शुक्रबार विद्यार्थीले प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा कलेज प्रशासनले अस्वीकार गरेको हो। एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थी एनपी जोशीले आज प्रेम दिवस भएकाले आन्दोलनका लागि प्रेमपत्र र गुलाफको फूल दिन खोज्दा कलेज प्रशासनले अस्वीकार गरेको बताए।

उनले भने,‘कलेजले फिल्ड भिजिटका लागि उठाउने पैसा बढाउन सकेको छैन। कलेजमा शान्तिपूर्वक पढाइ हुँदैन। दक्ष शिक्षक छैनन्। सँगै बसेर परीक्षा दिँदा पनि फेल हुने शिक्षक छन्।

कलेजले हामीलाई गुण्डा भनेर अपशब्द व्यवहार गरेपछि आन्दोलनका लागि प्रेमपत्र र गुलाफको फूल दिन लागेका थियाैँ। तर,कलेजले लिन मानेन।’ कलेजले पत्र लिन नमानेपछि आन्दोलन चर्किने देखिएको उनले जानकारी दिए।

कलेज प्रशासनको लापारबाहीले विद्यार्थीको भविष्य अन्योल बनाउन खोजेको उनको आरोप छ। ‘केही दिनअगाडि आफ्नै सेक्सनमा झगडा भएको थियो,’उनले भने,‘कारण पत्ता नलगाई हामीलाई गुण्डा ल्याएर झगडा गर्ने भनेर गुण्डा विद्यार्थी भन्ने बोलीले थर्काए।

समस्या समाधान गर्नुको साटो कलेजका आफ्नै विद्यार्थीहरूलाई नराम्रो व्यवहार गर्‍यो। शिक्षा दिने कलेजले यस्तो व्यवहार गर्नु राम्रो होइन।’ राम्रोसँग कलेज व्यवस्थापन गरी शिक्षा प्रदान गर्नुपर्ने विद्यार्थीको माग छ।

प्रतिक्रिया
ताजा अपडेट