बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

गृहमन्त्री बादलका भाइ नरेश फरार, सीआईबी खोजेको खोज्यै


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं । संगठित अपराधमा पक्राउ परी धरौटीमा छुटेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा फरार भएका छन् । उच्च अदालत पाटनले थुनामा राख्न आदेश दिएपछि उनी फरार भएका हुन् ।

उच्च अदालतको आदेश आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले थापालाई बुधबार र बिहीबार खोजी गरेको भए पनि फेला पार्न नसकेको बताइएको छ ।

थापाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा संगठित अप`राध मु`द्दा चलेको थियो । सो मु`द्दामा जिल्ला अदालतले दिएको धरौटीमा राख्ने आदेशलाई पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

गत असोजमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । साधारण तारेखमा बस्न पाउँभन्दै थापाले उच्च अदालतमा दिएको निवेदन उपरनै न्यायधीशद्वयको इजलासले धरौटीमा छाड्ने आदेश उल्टाएको हो ।

थापासहितका ६ जनाले थुनामा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोप प्रहरीले लगाएको थियो । बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको ह`त्या आरोपमा केन्द्रीय कारागारमा छन् ।

सोही समूहसँगको मिलेमतो रहेको भन्दै गृहमन्त्री थापाका भाइ नरेशसहित ६ प`क्रा`उ परेका थिए । उनीसँगै पक्राउ परेका पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र विनोद लामा भने पुर्पक्षका लागि थु`नामा राख्न आदेश दिएको थियो ।

सो आदेशसँगै पाँचैजना आरोपित कारागार चलान भएका छन् भने गृहमन्त्रीका भाइ नरेश मात्रै धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट