बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

शनिबारलाई सर्‍यो प्रधानमन्त्री ओलीको सम्बाेधन


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं- प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित भएको छ।

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको नि`धन भएपछि आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको हो ।

उपाध्यायको शुक्रबार बिहान रुपन्देहीमा नि`धन भएको हाे। प्रधानमन्त्री केपी शर्माले संसदलाई सम्बाेधन गर्ने पूर्वनिर्धारित कार्यतालिका शनिबारका लागि सारिएको छ।

नेपाली कांग्रेसले उपाध्यायको नि`धन भएपछि प्रधानमन्त्रीलाई संम्बोधन नगर्न आग्रह गर्दै संसद सचिवालयमा आग्रह गरेको थियो । संसद बैठक भोलि ११ बजे बस्ने सचिवालयले जनाएको छ ।

उपाध्यायकाे दुई वर्षे कार्यकाल सकिएकाे छ। यसअघि प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने तयारी थियाे।

सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट