मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को ज्या`न गयाे


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाण्डौ – नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट ज्या`न गुमाउनेको सङ्ख्या झण्डै ७० पुगेको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुका अनुसार नाइजेरियाको रोग नियन्त्रण केन्द्रले ज्वरोबाट ज्या`न गुमाउनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ । ज्वरोको प्र`कोप प्रतिदिन बढ्दो मात्रामा रहेको पनि बताइएको छ ।

यस ज्वरोबाट सङ्क्र`मित भएर अस्पताल भर्ना भएका व्यक्तिको सङ्ख्या ४७२ जना रहेको छ । यसबाट यहाँको जनघनत्व बढी भएको यस अफ्रिकन देश नाइजेरियामा धेरै नागरिक प्रभावित भएको पाइएको समाचारमा जनाइएको छ ।

यस ज्वरोबाट देशका ३६ मध्येका झण्डै २३ वटा प्रान्तका नागरिक प्रभावित भएको पाइएको अधिकारीलेहरुले जानकारी दिएका छन् । देशको दक्षिण भागमा पर्ने इबोन्यी, इदो र ओदो प्रान्तका व्यक्तिहरु यस ज्वरोबाट बढी प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट