मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

सर्वोच्चले अख्तियारलाई सोध्यो– नेपाल र भट्टराइविरुद्ध किन मुद्दा चलाईएन ?


  • खेमराज दाहाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडाैं– सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलाशले मुद्दा दायर नगर्नुको कारण १५ दिनभित्र लिखित रुपमा जानकारी दिन अख्तियारलाई आदेश दिएको हो ।

यस अघि अख्तियारले ललिता निवास प्रकरणमा मन्त्री परिषदको निर्णयलाई हेर्न नमिल्ने कारण देखाउदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई छाडेर मन्त्री परिषदमा प्रस्ताब लैजाने मन्त्री सहित सम्बन्धित निकायका सचिवहरु बिरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।

बहुचर्चित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा एक भूतपूर्व उपप्रधानमन्त्री, तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बुधवार दायर मुद्दामा पूर्वमन्त्री र पूर्व सचिवहरूबाहेक दर्जनौँ सरकारी कर्मचारी, जग्गाधनी र मोही भनिएका व्यक्ति, सरकारी जग्गा कमिसनका रूपमा बकस गरिलिने व्यक्तिहरू छन्।

मुद्दामा कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।

अख्तियारले दायर गरेको मुद्दामा भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदार र पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ पनि प्रतिवादी छन्।

अख्तियारका पूर्वप्रमुख आयुक्त दीपकुमार बस्न्यातलाई तत्कालीन सचिव हुँदा उनको भूमिकाका कारण मुद्दा दायर गरिएको हो।

मुद्दा दर्ता भएसँगै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता समेत रहेका सांसद विजयकुमार गच्छदार स्वतः निलम्बनमा परेका छन्।

प्रतिक्रिया
ताजा अपडेट