मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

नेपाल आइडलमा मिग्मा लामा बाहिरिदा रचनालाई सर्वाधिक भोट


  • स्वदेश नेपाल
  • शुक्र, फाल्गुन २, २०७६

काठमाडौं । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३ मा यो साता मिग्मा लामा बाहिरिदा रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । आयोजकले भोट संख्या भने खुलाएको छैन ।

गत हप्ताको प्रस्तुतीका आधारमा बिहीबार साँझको श्रृंखलाबाट उनी बाहिरिदा यस अघि पनि सबैभन्दा धेरै भोट प्राप्त गरेकी रचनाले यस पटक पनि धेरै भोट प्राप्त गरेकी छन्।

रचनालाई मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा लइिएको छ । झापाकी रचनाका केही गीत पनि सार्वजनिक भइसकेका छन् । नेपाल आइडलमा अब ९ जना प्रतिस्पर्धी बाँकी छन् ।

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

प्रतिक्रिया
ताजा अपडेट