मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

नेपाललाई आफ्नै घरमा धुलो चटाएको ओमनको राष्ट्रिय टिममा नेपाली मूलका खेलाडी

नेपाली टिम राम्रो छ तर अलिक फिटनेसमा ध्यान दिनु पर्छ।


  • खेमराज दाहाल
  • बिहि, फाल्गुन १, २०७६

भर्खरै सम्पन्न तिन देश सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपाललाई दुइ गेममा हार चखाएर फर्केको ओमनको टिममा थिए नेपाली मूलका खेलाडी सुरज कुमार। ओमानको तर्फबाट विकेट किपर र ब्याट्समनको भूमिका निभाउने उनि बाग्लुङको बुर्तिबाङ पुर्ख्यौली घर भएका तर भारतमै जन्मिएका खेलाडी हुन् ।

नेपालका तिव्र गतिका वलर सोमपाल कामी सँग सुरज भारतमा विभिन्न स्थानीय क्लबबाट क्रिकेट खेल्थे। सोमपाल संगै नेपाल आएर नेपालका लागि खेल्ने चाहाना हुदा हुदै पनि उनलाई आर्थिक समस्याले रोक्यो। भाग्यले ओमनको राष्ट्रिय टिममा अनुबन्ध हुने मौका पाए र अहिले ओमानको राष्ट्रिय टिमबाट नेपालको एगेन्समा खेल्दै छन्।

नेपाली खेलकुदमा हुने चरम राजनीतिले नेपाली क्रिकेटलाई धरासायी मात्र बनाएन आइसीसीको प्रतिबन्धमा समेत पर्यो। जसको प्रभावले नेपालले एक हुनाहार खेलाडी सुरजलाई ओमन पुर्यायो।

सोमपाल सँगै सुरज भारतको पञ्जाबका स्थानीय क्लबहरूमा खेल्थे। नेपाली क्रिकेटको क्रेज बढ्दो थियो। त्यही मौकामा सोमपाल नेपाल आए र नेपाली राष्ट्रिय टिममा आफ्नो स्थान बनाए तर उनि संगै खेल्ने सुरजलाई आर्थिक अवस्था कमजोर भएका कारण नेपाल आएर खेल्ने बस्ने ब्याबस्था भएन। उनि उतै बसे। सिलसिलामा ओमन पुगेका सुरजले त्यहाँ क्रिकेट खेल्ने अवसर पाए र क्रिकेटमा दर्विलो रुपमा अगाडी बढेको देशको राष्ट्रिय टिमको एक खेलाडी बने।

तिनै सुरजलाई सोमपाल नेपाल आए पछि धेरै पटक नेपाल ल्याउन प्रयास गरे तर नेपाली खेल तथा क्रिकेटको यस्तो अवस्था थियो कि उनि नेपाल आएर खेलेर गर्ने अवस्ता नै थिएन। यदि नेपाली खेलकुद क्षेत्रमा राजनीति नहुन्थ्यो र ब्याबसायिक रुपमा खेलकुदलाई बिकास गरेको हुन्थ्यो भने सुराज आज नेपालका लागि ओपने ब्याट्समेनका साथमा विकटकिपिङ्ग गरि रहेका हुन्थे।

राम्रो संग नेपाली भाषा बोल्न सक्ने सुरज नेपाल आएर क्रिकेट खेल्न पाएकोमा अत्यन्त खुसि छन्। आफ्नो पुर्ख्योली थलोमा आएर क्रिकेट खेल्न पाउनु आफ्नो भाग्य सम्जिन्छन उनि। नेपालको क्रिकेट क्रेज र यहाँका क्रिकेट फ्यानले क्रिकेट प्रति देखाएको मोह प्रति उनि खुसि ब्याक्त गर्छन। उनि भन्छन, ‘मलाई नेपाली फ्यानहरू एकदम राम्रो लाग्यो। राम्रो समर्थन गरे, त्यो मायाको लागि सबैलाई धन्यवाद भन्छु।’

नेपालका लिगहरुमा आफुलाई खेल्ने रहर भएको उनि बताउछन। ‘मैले डिपिएल, पिपिएल र इपिएलबारे सुनेको छु। बोलाएको अवस्थामा नेपाल आएर खेल्ने चाहना छ।’ उनि भन्छन।

सुरज नेपाली क्रिकेट अझै माथिल्लो स्तरमा पुग्नेपर्ने बताउँछन्। तर अमेरिका र ओमान विरूद्धको खेलमा नेपाललाई सोमपालको कमी भएको बताउँछन्।

‘सोमपाल कामीको अभाव भयोजस्तो लाग्यो। करण केसीले राम्रो गरे तर उसलाई साथ दिने अर्को फास्ट बलर देखिएन’, सुरज भन्छन्, ‘नेपालको स्पिनर राम्रा छन्। सन्दीप भाइ, कुशल मल्ल र सुसन भारीले एकदम राम्रो बलिङ गर्नुभयो।’

नेपालको टिम राम्रो भए पनि फिटनेसमा ध्यान दिनुपर्ने सुरजको सुझाव छ। ‘ओमानको टिम राम्रो छ। ओमानमा खेलाडीहरूले बढी फिटनेस र स्किलमा ध्यान दिन्छन्। त्यसले हामीलाई फाइदा दिन्छ।’

प्रतिक्रिया
ताजा अपडेट