बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

कथित गर्लफ्रेण्ड युलिया वन्तुरसँग ‘भ्यालेन्टाइन-डे’ सेलिब्रेट गर्दै सलमान खान !


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १, २०७६

काठमाडौं। सुपरस्टार सलमान खानले यो वर्षको ‘भ्यालेन्टाइन–डे’ आफ्नो कथित गर्लफ्रेण्ड युलिया वन्तुरसँग मनाउने भएका छन् ।

रिपोर्टका अनुसार सलमान खानले भ्यालेन्टाइन–डे’को अवसरमा एक पार्टी होस्ट गर्नेछन्, जहाँ उनले आफ्नो उगर्लफ्रेण्ड युलिया वन्तुरलाई भ्यालेन्टाइन थिम डिनर दिनेछन् । यो पार्टी सलमानले आफ्नै घरमा गर्दैछन् ।

यस पार्टीमा सलमान खानका नजिकका सबै उपस्थित हुनेछन् । त्यस्तै सलमानको पूरै परिवार पनि सामेल हुनेछन् ।

केही दिन पहिले सलमान खानको एक भिडियो भाइरल बनेको थियो, जहाँ उनका कथित गर्लफ्रेण्ड युलिया वन्तुर, मलाइका आरोडा र अरबाज खानका छोरा अरहान खानले मध्य राति साइकल राइड गरिरहेका थिए । सलमानको उक्त स्पोर्टी अन्दाजलाई सबैले रुचाएका थिए ।

सलमानको ब्लकबस्टर फिल्म ‘भारत’पछि ‘दबंग-३’ दर्शकमाझ रिलिजमा आएको थियो । ‘दबंग-३’ले भने ठीक-ठाक कमाई गरेको थियो ।

अहिले सलमान खानको हात दुई/दुई वटा फिल्म ‘राधे’ र ‘कभी ईद कभी दिवाली’ रहेको छ । ‘राधे’ फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन् । यो फिल्ममा अभिनेत्री दीशा पटानी पनि मुख्य भूमिकामा छन् ।

त्यस्तै अर्को फिल्म ‘कभी ईद कभी दिवाली’मा अभिनेत्री पूजा हेग्डे पनि मुख्य भूमिकामा हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट