मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

टिआरपीको लागि रचिएको नेहा र आदित्यको विवाह १४ फेब्रुअरीमा टेलिकास्ट


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १, २०७६

काठमाडौं – पछिल्लो समय बलिउड नायिका नेहा कक्कर र आदित्य नारायण झाको निकै चर्चा छ । केहि समयदेखि यी दुई विवाह बन्धनमा बाधिने हल्ला चल्दै आएको छ । भारतिय मिडियाका अनुसार अहिले यी दुईको विवाह बारे फरक कुरा खुलेको छ ।

यी दूईको विवाह साँच्चिकैभन्दा पनि सोको टिआरपीको लागि गरिएको बताइएको छ । केहि समयदेखि यी दूईको फेब्रुअरी १४ मा विवाह हुने हल्ला चलेको थियो । तर इन्डियन आइडल शोको टिआरपीका लागि यस्तो खेल रचिएको बताइएको छ ।

यसबारे उदित नारायण झाले नै बताएका छन् । शोको टिआरपीका लागि विवाह हुने हल्ला फिजाइएको बताइएको छ । नेहा कक्कर र आदित्य नारायण झाको इन्डियन आइडलको सेटमा गरेको विवाह फेब्रुअरी १४ दिन टेलिकास्ट गरिने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट