आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

विराजलाई दर्शकले बाघ भन्दै कराउँदा बिराज खुशी निकिताले डरा,उदै यसो भनिन(भिडियो हेर्नुहोस )


  • स्वदेश नेपाल
  • बुध, माघ २९, २०७६

चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । सिंगल थिएटरहरुमा अब्बल देखिएको चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न बिराज शनिबार दिउसो गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।नायिका निकिता चण्डक, अभिनेता प्रकाश शाह, अमित गिरी सहित पुगेका बिराजलाई देखेपछि दर्शकहरुले घेरिहाले । उनीसँग सेल्फी खिच्ने दर्शक संखया उल्लेख्य थियो ।

केही बेर त विराजलाई दर्शकले बोकेर नै हुटिङ गरेका थिए । धेरैले विराजलाई बाघ फर्किएको समेत भने ।गोपिकृष्ण हलमा विराजले आफ्नो दर्शकको लागि चलचित्रको संवाद बोलेर सुनाए । उनले ‘साङ्लो’ बाहेक आफ्नो पूराना चलचिहरुको संवाद पनि बोलेका थिए । सिंगल थियटरमा अब्बल व्यापार गरिरहेको चलचित्रलाइृ बिराज आफैले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट