आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

यी हुन् नेपाल जगाउने र जाेगाउने १० महान व्यक्तिहरु


  • स्वदेश नेपाल
  • बुध, माघ २९, २०७६

पेशल निरौला – नेपालकाे सिमाना किराँतकालमा टिस्टा र गढवालसम्म थियाे।त्यहीँ सिमानापछि कायम रह्याे।

(१) सुयनाे सुनाेहाङ्मा किराँतकालकी महारानी हुन्।उनलाई देवीको स्वरूप मानिन्छ ।उनले सिन्युक ( पहाड ) र मुडेन( तराई ) जाेडेर नेपालकाे सिमाना टिस्टा र गढवाल ताेकि दिइन।

(२) लिच्छविकालमा नेपाल टुक्रिने अवस्थामा थियाे ।चौथो शताब्दीमा लिच्छवि राजा मानदेवले पूर्व र पश्चिमका सामन्तलाई कज्याएर ( जितेर) टुक्रिन लागेकाे नेपाल जाेगाए।

(३) चौधौ शताब्दीमा खशराजा पुण्य मल्लले दिल्ली सल्तनत महमद विन तुगलकले नेपाल जित्न एकलाख पचास हजार सेना लिएर नेपालमाथि चढाइ गरेका थिए।कराचिल क्षेत्रमा भएको युद्धमा केवल तीनजना मात्रै सुल्तानका सेना बाँचेर दिल्ली गए।पुण्य मल्लले बाहिरी शत्रुबाट नेपाललाई बचाएका थिए।

(४) पृथ्वीनारायण शाहले टुक्रिएकाे प्राचीनकालकाे नेपाल जाेड्ने अभियान अगाडि बढाएर टिस्टाकाे साँध लगाए।

(५) उनका छाेरा बहादुर शाहले प्राचीनकालकाे पश्चिमकाे सिमाना गढवाल जितेर देवीको ध्वजा जाे नेपालकाेे झण्डा हाे त्यसलाई गाढेर किराँतकालकाे सिमाना कायम गरे।यी पाँचजना नेपालका विरङ्गा वीरहरु नेपाल रहुञ्जेल अमर रहञ्छन्।वीर विरङ्गाकाे पूजा नै हाम्रो मौलिक परम्परा हाे।

यसैगरी धर्मसंकृतिको क्षेत्रमा पनि पाँच महान छन्।

( १)विश्वमित्र ऋषि उनले ऋगवेदका ऋचाहरु काेशी र राेशी नदीकाे दाेभानमा बसेर रचना गरे।गायत्रीमन्त्र मूल मानिन्छ । सवितादेवीकाे मन्त्र सहित ऋगवेदकाे पहिलो ,तेस्रो मण्डल र अरु ऋचाहरु रचना गरेका थिए।

(२) ऋषि यग्यवल्क्य उनले जनकपुरमा बसेर शुक्लयर्जुवेदकाे रचना गरे।यसवेदले देवीलाई केन्द्रमा ल्यायाे।देवीकाे ज्ञान र सँस्कृती हामीले भारतीयलाई दिएका हौ।

( ३)चरक ऋषिले पाल्पाकाे रुरु क्षेत्रमा बसेर चरक संहिताकाे रचना गरे जुन आयुर्वेदकाे मूल रचना मानिन्छ ।

(४) गौतम बुद्धले संसारलाई अहिंसा ,शान्ति,दया , करुणा र प्रेमकाे सन्देश दिए।

(५) याेगीनरहरिनाथले नेपाललाई हिमत्खण्डकाे प्रतिनिधि मानेर संसारकाे अध्यात्मकाे केन्द्रका रुपका चिनाउने अथक प्रयास गरे।नेपाल संसारकै वैदिक सनातनकाे ज्ञानकाे केन्द्र रहेकाे कुरा निर्विवाद छ।

माओबादी अभियान क्रीस्चियन अभियान हाे – यिनिहरुले गरेका कुकृत्यहरु( १) नेपालकाे नाम र झण्डा फेर्ने (२) गाेबध अभियान चलाउने (३) संस्कृत शिक्षा बन्द गर्ने र हाम्रा बहुमुल्य संस्कृतका पुस्तक ,अभिलेख डडाँउने( ४)संस्कृत पढाउने शिक्षककाे हत्या गर्ने (५) मन्दिर भत्काउने र मन्दिरमा दिशापिशाव गर्ने (६) किरिया पुत्रीकाे हत्या गर्ने (७) नेपाली भाषा हटाउने।

(८) विक्रम संवत् हटाएर इसाई संवत् लागू गर्ने (८) गाँउमा रहेकाे सामाजिक सद्भाव भत्काएर समाजमा रहेकाे सहअस्तित्व समाप्त पार्ने( ९) चर्चकाे अभियानलाई व्यापक बनाउने (१०) जातीय राज्य बनाउने (११) ग्रामीण अर्थतन्त्रका मेरुदण्ड भाँचेर राष्ट्रलाई परजीवी बनाउने।

(१२) नेपाल राष्ट्र निर्माण गर्ने विभुुूतीका आस्थामाथि प्रहारगरि शालिक भत्काउने (१३) निर्दाेष मानिसहरुकाे हत्या गर्ने (१४)प्रोटेस्ट्ण्ट क्रीस्चियनकाे सेकुलरिज्जम ल्याएर नेपालका हिन्दुराज्य हटाउने (१५) एकात्मक राज्यलाई टुक्राउन सङ्घियता ल्याउने (१६) संसारकै एकमात्र हिन्दुअधिराज्य समाप्त गरि गणतन्त्र ल्याउने (१७) नेपाललाई बिदेशीकाे कृडास्थल बनाउने।आदि यिनका अनेकौं कुकृत्य छन्।यिनका घृणित कार्यहरुले नेपाल पीडित बनिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट