मङ्ल, फाल्गुन १३, २०७६
Tue, February 25, 2020

सन्दीप र सुशान चम्किँदा एकदिवसिय क्रिकेटमा नेपालले रच्यो किर्तिमान , ‘वान डे’ कै कम स्कोरमा समेटियो अमेरिका


  • स्वदेश नेपाल
  • बुध, माघ २९, २०७६

एकदिवसिय क्रिकेटमा नेपालले नयाँ रेकर्ड बनाएको छ । अमेरिकालाई ३५ रनमा अलआउट गरेर नेपालले रेकर्ड बनाएके हो । एकदिवसिय क्रिकेटमा यो सबैभन्दा कम स्कोर हो ।

नेपालका स्पिनरद्वय सन्दीप लामिछाने र सुशन भारी चम्किएपछि नेपालले यस्तो रेकर्ड बनाएको हो । सन्दीपले ६ तथा सुसनले ४ विकेट लिएर १२ ओभरभित्रै अमेरिकालाई अलआउट गरेका थिए।

अमेरिकाले नेपाललाई ३६ रनकोझिनो नो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा १२ ओरभमा सबै विकेट गुमाउँदै अमेरिकाले ३५ रन बनाएको हो ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे । जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए ।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन् । यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो । यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य लक्ष्य दिएको थियो ।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ । यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो । नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट