बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

ए डिभिजन लिगमा जावलाखेल र हिमालयन शेर्पा भिड्दै , मनाङ अङ्क तालिकाकाे तेस्राे स्थानमा


  • स्वदेश नेपाल
  • बुध, माघ २९, २०७६

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तरगत आज जवालखेल युथ क्लव र हेमालयन शेर्पा क्लव प्रतिस्पर्धा गर्दैछन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे हुने खेलमा शेर्पाबिरुद्व जित हात पार्दै जावलाखेल शीर्ष ६ को होडमा कायमै रहन चाहन्छ ।

बाह्रौ चरणको अन्तिम खेलअघि अहिले जावलाखेल ११ खेलबाट १८ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । शेर्पा १० अंक सहित ११ औं स्थानमा छ ।
बराबरीको नतिजाले समेत जावलाखेलको शीर्ष ६ को सम्भावना बलियो बनाउनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध रोमाञ्चक जित निकालेको शेर्पा पनि जावलाखेललाई रोक्ने दाउमा छ । यद्यपी जीत वा हार जस्तोसुकै परिणाम आए पनि हिमालयन शेर्पाको अंक तालिकामा खासै प्रभाव पर्ने देखिदैन ।

लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई दुई–शून्य गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोकाे एन्फा मैदानमा भएको खेलमा मनाङले दुवै गोल खेलको पहिलो हाफमा गरेको थियो । खेलको ३२औँ मिनेटमा आदित्य चौधरीको लामो पास अञ्जन राईले क्लियर गर्न नसककेकाे बललाई विमल रानाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

४३औँ मिनेटमा अन्जन विष्टको गोलमा मनाङले अग्रता दोब्बर बनायाे । अञ्जनले निशान लिम्बुको पासमा हेडमार्फत गोल गरेका थिए ।

मनाङ सात खेलमा जित, चारमा बराबरी र एक खेलमा हार ब्यहाेर्दै तेस्रो स्थानमा छ। मिश्रित खेल पस्कँदै आएको पुलिस क्लब भने पाँचमा जित दुईमा बराबरी र पाँच खेलमा हार ब्यहाेर्दै १७ अङ्कसहित छैठौँ स्थानमा छ।

मनाङले गएकाे संस्करणमा सङ्कटा क्लबलाई हराउँदै आठौँ पटक लिगको उपाधि उचालेको थियो । यसअघि मनाङले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७० र २०७५ सालमा लिगको उपाधि जितेको थियो।

लिगको उपाधिका लागि भने शीर्षस्थानको त्रिभुवन आर्मी र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ

प्रतिक्रिया
ताजा अपडेट