बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

टस जितेर बलिङ रोज्यो नेपालले


  • स्वदेश नेपाल
  • बुध, माघ २९, २०७६

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। नेपालले टस जितेर बलिङ रोजेको छ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा यी दुई टिम शृंखलाको आफ्नो दोस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन्। शृंखलाको अघिल्लो खेलमा अमेरिकालाई पराजित गरेकाले पनि नेपालको मनोबल उच्च छ। उक्त खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।

नेपाली खेलाडी पनि अमेरिकाविरुद्ध जित निकाल्नेमा आशावादी छन्। तर, अमेरिकालाई सहजै हराउन सक्ने स्थिति छैन। उता अमेरिका पनि आजको खेल जितेर शृंखलाको सुखद सुरुवात गर्ने दाउमा छ। गत माघ २२ गते सुरु भएको शृंखलामा अमेरिकाले तीनवटै खेलमा पराजय भोगेको छ।

प्रतिक्रिया
ताजा अपडेट