शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

चुनाव हारेर पनि बाचा पुरा गर्न काँग्रेस नेता तामाङले रामेछापका जनतालाई १३ वटा एम्बुलेन्स दिए

त्यो पनि आफ्नै व्यक्तिगत खर्चमा, बचन पुरा गर्ने पूर्णबहादुर तामाङ जस्तो नेतालाई जनताले किन हराउछन ?


  • स्वदेश नेपाल
  • आइत, माघ २६, २०७६

प्रदेश नम्बर ३ अन्तर्गत रामेछाप जिल्लाको नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले २०७४ मंसिर १० गते भएको प्रतिनिधि सभाको चुनावमा पराजय भोग्नुपरे पनि मानवीय र समाज सेवाको आधारमा उनले रामेछापेली जनताको भावना माथि विजय हासिल गरेका छन्। परोपकारी, मानवीय र समाजसेवाको कारण रामेछापमा पूर्णबहादुर तामाङ (कान्छाराम) को लोकप्रियताले यसलाई पुष्टी गरेको छ ।

एम्बुलेन्स हस्तान्तरण गर्दै सभापति देउवा ,साथमा प्रवक्ता शर्मा , फोटो- न्युजअभियान नेपालको फेसबुक

गएको प्रतिनिधिसभा निर्वाचनको समयमा गरेको प्रतिबद्धता गरे अनुसार नेपाली काँग्रेस रामेछापका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले गतबर्ष २०७५ साल असार २३ गते शनिबार रामेछाप जिल्लामा ६ वटा एम्बुलेन्स वितरण गरेका थिए । त्यस भन्दा पहिले पनि उनले जिल्लाका विभिन्न भागमा ३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेका थिए । त्यो पनि पूर्ण आफ्नै व्यक्तिगत खर्चमा ।

चुनाबी अभियानका क्रममा कान्छारामले खाँडा देबि – मईमन्दिर, ठोसे रस्नालु – चुचुरे, धोवी नागदह–बिजुलीकोट– सैपु– दुरागाउँ, हिमगंगा –रामपुर – ओख्रेनी, गेलु – चनाखु , फुलासी– दोरम्बा– डडुवा, बेथान– हिलेदेवी, साँघुटार – देउराली, प्रिती– गुप्तेश्वर– भुजी गरि ९ स्थानमा एक एक थान एम्वुलेन्स दिने घोषणा गरेका थिए।

उनै पूर्णबहादुर तामाङले बाँकि रहेको एम्बुलेन्स पनि हिजो २०७६ साल माघ २५ गते शनिबार हस्तान्तरण गरेर आफ्नो चुनाबी प्रतिबद्धता पुरा गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रमुख आथित्यमा भएको उक्त हस्तान्तरण सभामा देउवाकै हातबाट ४ वटा एम्बुलेन्स र १ शव वाहन हस्तान्तरण गराईएको थियो ।

फोटो- न्युजअभियान नेपालको फेसबुक

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समाज सेवा गर्नको लागि चुनाव जित्नु पर्दैन भन्ने उदाहरण कान्छाराम तामाङले पेश गरेको बताए ।

उनले निर्वाचित भएर गर्न सक्ने काम गर्न नपाएपनि उनले निर्वाचित नहुँदा नि गर्ने भन्ने काम गरेर देखाए भने आगामी दिनको उनको राजनीतिक र सामाजिक सेवाको यात्रामा प्रसंसाको वर्षा हुने पक्का छ।

यसको अलावा कान्छारामले रामेछाप र रामेछापको जनताको विकाश निर्माणको निम्ति आफ्नो तर्फबाट योगदान गर्दै आएका छन्। बाढी पहिरो र महाभूकम्पमा परि गम्भीर घाइते भएका बिरामीहरूलाई आफ्नै निजि खर्चामा हेलिकोप्टर चार्टर गरेर सयौंको उद्धार गरेका उनले काठमाडौंमा आफ्नै लगानीमा संचालित नागरिक हस्पिटलमा रामेछापको बिरामीहरूलाई ३० प्रतिसत सम्म छुट गरि उपचार गराएका थिए।

अस्पतालमा भर्ना भएका बिरामीहरूलाई निशुल्क बेड उपलब्ध गराएका उनले २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परि मृत्यु भएका रामेछापबासीहरूलाई व्यक्तिगत रूपमा ५० हजार रुपैयाँको दरले सहयोग वितरण गरेका थिए।

(दुर्गम क्षेत्रमा बिरामीलाई सेवा पुर्‍याउन कान्छारामले निजी खर्चमा खरिद गरी शनिबार हस्तान्तरण गरिएका ६ एम्बुलेन्स, २०७५ असार २३)

२०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पवाट घाइते भएका विरामीहरूको उद्धार र राहतको निम्ति तत्काल उनले रामेछाप जिल्लाको प्रत्येक वार्डहरूको निम्ति व्यक्तिगत रूपमा ५० हजार रुपियाँको दरले वितरण गरेका थिए ।

२०७४ साउन १ गते रामेछापको खिम्तीको पहिरोमा परि गम्भीर घाइते भएका बिरामीहरूको पनि कान्छारामले आफ्नै निजि खर्चमा हेलिकोप्टरवाट उद्धार गरेर काठमाडौं ल्याइ उपचार गराएका थिए।

२०७५ असर २३ मा गरिएको हस्तान्तरणको फोटो

दानवीर पूर्ण बहादुर तामाङ कान्छारामको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस रामेछापका लब्धप्रतिष्ठित व्यक्तिहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सिंगो जिल्लाकै एक्ला दानवीर कहलिएका नेता तामाङको यो कार्यसंगै एउटा प्रश्न आम रुपमा उब्जिएको छ दिएको बचन पुरा गर्ने पूर्णबहादुर तामाङ जस्ता नेतालाई जनताले किन हराउछन ?

प्रतिक्रिया
सम्बन्धित समाचार