शनि, चैत्र १५, २०७६
Sat, March 28, 2020

प्रहरी चौकीमा मध्यराती आक्र-मण, दुई प्रहरी घा`इते


  • स्वदेश नेपाल
  • शनि, माघ २५, २०७६

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समूहले मध्यराति अन्धा-धुन्द आक्र-मण गर्दा दुई प्रहरी घा`इते भएका छन्।

शनिबार मध्यरातमा अज्ञात समूहको आक्र-मणबाट प्रहरी चौकीका इञ्चार्ज प्रहरी साहायक निरिक्षक (असई) सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घा`इते भएका छन् ।

मध्यराति १ः३० बजे १०÷१२ वटा मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा ढुंगा-मुढा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानाकारी दिए ।

एसपी महर्जनका अनुसार प्रहरी चौकीमा अन्धाधुन्द आक्र-मण भएपछि प्रहरीले आ%त्म-रक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो ।

आक्र-मणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया