शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

खोजी अस्तित्वको


  • स्वदेश नेपाल
  • मङ्ल, माघ २१, २०७६

-गायत्री भट्ट

एउटा यो जिवन, जहाँ मौनतामा अल्झिएर
सदा चिन्तनमा रहेको यो अन्तर्मन,
बाहिरी रमझममा व्यस्त यो देह
तर अन्तर्मनमा सन्नाहट एक्लोपनको सिरेटोले
चिसिएको यो अन्तरआत्मा चिन्ने कोसिसमा आफुलाइ
को हु म ? हो के उद्देश्य ?जीवन यो केका लागि?
गर्नुपर्ने हो के जिवनमा ?
सही के अनि गलत के? हो मापदण्ड के त्यस्को?

मडारिएका यी सबै सवालहरु
अधेरीमा छायाले आफुलाइ खोजेजस्तो
समुन्द्रमा नदीले पहिचान खोजेजस्तो
अनेक कोसिसको बाबजुद
ठम्याउन हम्मे परेको त्यो बिन्दु
जहाँ सारा जबाफहरुको मुर्तरुपहरु नाचेका,
अनि सारा भ्रमहरु चिरिएका हुन,

पुग्ने कसरी? भेट्ने कसोगरी
अनि , जबाफ ठम्याउने कसोगरी सम्बन्धित सवालको?
यी सबैको भेउकोे कल्पनामा
पर्खेको यो आशामुखी जिवन
जो, यो सान्सारिक मोहमा भुल्न अर्‍याइ तनलाइ
आफू भने टोलाइबस्छ सधै
आफ्नो वास्तविक गन्तब्यको पहिचानको खातिर

एकान्तमा गमेर,जपेर,मनगणन्ते शैलीमा
त्यो बिन्दुको खोजि गरि भेट्ने अभिलाषामा
आफ्नो वास्तविक परिचयको चैतन्यताको खोजमा
यो अन्धकार मुस्लोमा रुमल्लिदै गर्दा
टिलिक्क टल्किएको
आशाको किरणको एउटा स्यानो झिल्को
कतै भेटिन्छकी भन्ने आशामा रहेको
आशाबादी एउटा यो उद्भ्रान्त जिवन ।।

प्रतिक्रिया
ताजा अपडेट