आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

‘पौराणिक धन्द विधान’ को लोकार्पण


  • स्वदेश नेपाल
  • आइत, माघ १९, २०७६

काठमाडौं । ‘पौराणिक धन्द विधान’ कृतिको एक समारोहकाबिच लोकार्पण गरिएको छ । सिमा बिहिन सहयोगी हातहरु क्यानडाको सहयोग साहित्यमा पनि । आशा प्रज्ञान केन्द्र सितापाइलाको आयोजना तथा Helping Hands Without Borders Canada (सिमा बिहिन सहयोगी हातहरु ) को सहयोगमा आज आशा द्वारा संकलित पाैराणिक छन्द विधान लोकार्पित कृति ” पौराणिक धन्द बिधान” लोकार्पण सम्म्पन भएको हो ।

यसभित्र नेपाली साहित्यमा प्रयोग हुने छन्दको नीति नियमहरूको संगालोहरू छन् । यसैगरी यो वर्ष यश केन्द्रले सिक्किम साहित्य परिषदका सचिव साहित्यकार, पत्रकार नारद प्रसाद निरौला तथा नेपालका साहित्यकार श्री कृष्णप्रसाद पौडेललाई सम्मान पत्र, खादा माला दोसल्ला आदिले सम्मान गरिएको थियो  भने नागार्जुन नगरपालिकाका प्रमुख मोहन वहादुर बस्नेतको प्रमुख आथित्यतामा कार्यक्र गरिएको थियो ।

कार्यक्रममा पुर्व क्षेत्रिय प्रशाशक टिकाराम रेग्मी, त्रीफला पुस्तकालयका संयोजक, नगरपालिकाका विशिष्ट व्यक्तित्व साहित्य प्रेमी विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

कार्यक्रम सफल पार्न सिमा बिहिन सहयोगी हातहरुलाई भुमिका प्रदान गरिएकोमा संस्थाको प्रतिनिधिले धन्यवाद दिनुभयो भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुमा हाम्रो निरन्तर सहयोग हुने गहिरो प्रतिवद्धता व्यक्त गर्नुभयो। सिमा बिहिन सहयोगी हातहरु क्यानडाका निर्देशनक तथा कोर्डिनेटर श्री अञ्जनि राज भट्टराईले हाम्रो टेलीफोन सम्पर्कमा सस्था क्यानडा बेस भयता पनि हाम्रो मुख्य कार्य क्षेत्र नेपाल नै भएको र आगामी दिनमा सस्थाले शिक्षा, साहित्य, सस्कृती, पर्यटन, स्वास्थ, बाताबरण,जेष्ठ नागरिक महिला तथा बालबालिका आदिको क्षेत्रमा काम गर्ने जानकारी दिनु भयो।

प्रतिक्रिया
ताजा अपडेट