आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

शुल्क लिएपछि मर्मत गर्नु पर्दैन?


  • स्वदेश नेपाल
  • शनि, माघ २५, २०७६

जनकमान डङ्गोल -‘SparkleFromSwoyambhu’ नामको शिर्षक अंग्रेजी भाषामा लेखिएता पनि अर्थ धेरै लाग्न सक्छ । शिर्षक पंक्तिकारले राखेको पनि हैन । उज्यालो, चम्किलो भन्नुको अर्थ मन भित्र उज्यालोको प्रबेस पछी प्राप्त हुने दिब्य ज्ञान । यसैलाई आधार मानेर हेटौडा उप महानगर पालिका वार्ड नम्बर १८ मा स्थापना भएको मकवानपुर बालविद्या सदनको ९ कक्षामा अध्ययन गर्ने विद्यार्थी स्मिति गिरिले चार दिने स्कुले भ्रमणको अनुभवलाई ‘SparkleFromSwoyambhu’ नाम दिएर संगाल्दै लेखिएको टिपोट हो ।

हेटौडा अर्थात भर्खरै केहिदिन अगाडी घोषणा भएको बागमती प्रदेसको चौबाटो बुद्धचोकदेखि पुर्व १४.५ किलो मिटर टाढा हेटौडा उपमहानगर पालिका वार्ड नम्बर १८ हर्नामाडीमा स्थापना गरिएको छ ‘मकवानपुर बाल विधा सदन’ । अन्य बिधालय भन्दा अलि नौलो र फरक तरिकाबाट उक्त बिधालयले आफ्ना बिधार्थीहरुलाई शिक्षा दिने गरेको छ ।

स्कुलको संस्थापक अध्यक्ष र प्राचार्य दुवै अध्ययन र अध्यापनमा पोख्त मानिनु हुन्छ । दुवै साहित्यप्रेमी । साहित्यमा डुब्नेहरु कल्पनामा रमाउछंन भनेर भन्ने चलन छ । ‘जहाँ पुग्दैन रबि त्याहा पुग्छ कवि’ भन्ने उखान यसैको सेरोफेरोमा जन्मिएको हुनु पर्दछ भने प्राचार्य छबी देसको चर्चित कलमजीवीदेखि मिडियाकर्मी पनि हुनुहुन्छ ।

तस्बिर: गुगल सर्च

घोकन्ति बिधा भन्दा प्रयोगात्मक शिक्षा अहिलेको समयमा उपयुक्त हुन्छ । कुनै बिधार्थिले सर नेपालको पहिलो राजमार्ग कुन हो ? हाम्रो हेटौडाको कुन स्थानमा हिउँ पर्छ ? नेपाल एकीकरण गर्नु भन्दा अगाडी पृथ्बीनारायण शाहकुन स्थानमा आएका थिए भनेर प्रश्न गरे भने कितावमा हेरेर सजिलै संग जवाफ दिन त सकिन्छ तर उक्त स्थानमा नै लगेर अबलोकन भ्रमण गराईयो भने ? आफ्ना बिधार्थीहरु लाई नयाँ नयाँ ज्ञान प्रदान गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर होला मिति २०७६/०८/२३ गते स्कुलले आफ्ना बिधार्थीहरुलाई अध्ययन भ्रमणको लागी केन्द्रिय राजधानी काठमान्डौ लैजाने निर्णय गर्यो ।

बागमती प्रदेसको राजधानी हेटौडाबाट केन्द्रिय राजधानी काठमान्डौ जाने थुप्रै राजमार्गहरु छन । चार घन्टामा नै पुग्ने राजमार्ग छाडेर नेपालको जेठो त्रिभुवन राजपथ हुँदै राजधानी जाने सिलसिलामा भ्रमण टोलि मकवानपुर जिल्लाको उत्तरी भेग दामन पुग्यो ।

तस्बिर: छबी ‘अनित्य’

समुन्द्री सतह देखि २३२२ मिटरको उचाईमा रहेको त्रिभुवन राजपथको सिमभंज्यांग-दामन खण्डमा जाडो महिनामा हिउँ पर्ने भएको हुँदा पर्यटकीय क्षेत्र पनि हो । यसैलाई ध्यानमा राख्दै निरंकुस भनिएको पंचायती शासन कालमा भ्यु टावर निर्माण गरि आन्तरिक तथा बाह्य पर्यटकहरुले आँखै अगाडी हिमाल देख्न पाउन भनि टेलीस्कोप जडान गरिएको छ जसलाई शुल्क तिरेर हेर्न पाईने ब्यबस्था मिलाईएको छ ।
चन्द्रागिरि डांडा जुन स्थानमा कुनै समय गोर्खाका राजा पृथ्बीनारायण शाह आई उक्त स्थानबाट काठमान्डौ खाल्डो हेरी उपत्यकाको तिनै राज्य जित्ने सपना बुनेको स्थान हो । ईतिहास बोकेको चन्द्रागिरी डांडाबाट उत्तर तर्फको सेताम्मे हिम शृंखलाहरु पनि सजिलै संग हेर्न सकिनेछ ।

तस्बिर: छबी ‘अनित्य’

नाटक भनेको के हो र कसरि गरिन्छ ? सताब्दीको अर्थ सय बर्ष हुन्छ । सताब्दी पुरुष सत्य मोहन जोसिलाई नजिकैबात भेटेर सम्बाद गर्न पाए ? स्वयम्भुको दुई आँखाले न्याय अन्याय छुट्याई हेर्छ भनेर कितावमा पढियो तर त्यसो भनेर किने लेखियो ? आराध्यदेव पशुपतिनाथको सन्ध्या आरती देखि राजदरबार, संग्रहालयको अबलोकन अनि जुजुधौ को स्वाद ।

यिनै माथिका बिषयलाई हेरी बुझी अनि स्वाद मानेर चाखे पश्चात बिधार्थी भाई बहिनीहरुले पस्केका घटना र बर्णनहरुको संगालोलाई ‘Sparkle From Swoyambhu’ नाम दिएर पुस्तकको रुपमा प्रकाशित गरिएको रैछ ।

पुस्तकमा कक्षा ८ मा अध्ययन गर्ने भाई रजल श्रेष्ठले दामनको भ्यू टावरमा शुल्क तिरेर पनि टेलिस्कोपबाट हिमालको सुन्दर दृश्यको रसपान गर्न नपाएको तितो अनुभव पस्केका छन । जुन तितोलाई सताब्दी पुरुष सत्य मोहन जोशीको घरको नेवारी खाजाको स्वाद अनि भक्तपुरको जुजुधौ ले पक्कै पनि बिर्साई दिएको होला ।

दुख:को साथ भन्नु र लेख्नु पर्छ । हाम्रो राजनेताहरुले भत्काउन सिके र सिकाए तर सम्पदाहरुको मर्मत र संरक्षण गर्ने तर्फ अहिले सम्म ध्यान दिएको पाईदैन । बिदेसमा जो जसले निर्माण गरेता पनि त्यसको संरक्षण गर्ने गरेका छन । यदि नगरेका भए संसारको सातौ आश्चर्य भनेर चिनिने मिश्रको पिरामिड देखि भारतको ताजमहल आज खण्डहरमा परिणत हुन्थ्यो होला ।

दामन थाहा नगरपालिकामा पर्दछ । नगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सम्पदाहरुको संरक्षणदेखि समय समयमा मर्मत गर्ने बानि बसाल्नु पर्दछ । शसुल्क प्रयोग भनेको सित्तैमा प्रयोग गर्ने हैन । साना बिधार्थीहरुले शुल्क तिरेर पनि सेवा नपाउनु दुखद छ भने बिदेसी पाहुनाहरुले यसलाई राम्रो निको पक्कै पनि मान्दैनन ।

प्रतिक्रिया
ताजा अपडेट