शुक्र, चैत्र २१, २०७६
Fri, April 3, 2020

‘श्रीमद भागवत गीता अध्याय – २ सांख्य योग’ : प्राध्यापक डा. बाबुराम ज्ञवाली


  • स्वदेश नेपाल
  • मङ्ल, माघ २८, २०७६

सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबु राम ज्ञवालीद्वारा लिखित ”श्रीमद्गवद्गीता अध्याय दुईको विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो , जसको बिभिन्न भाग हामीले बिभिन्न समयमा प्रकाशित गरेका छौ । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर पोष्ट गर्दै जाने निर्णय गर्दै लेखको डाक्टर ज्ञवालीको सहमतिमा प्रकाशित गरेका छौ, सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा प्रस्तुत गर्ने छौ । -सम्पादक

अध्याय २ गीताको सार– सांख्य योग

पहिलो अध्यायमा युद्धका खराबी वर्णन गर्दै युद्ध गर्न नसक्ने बताउंदै अर्जुनले पूर्ण दीनतासाथ श्रीकृष्णसंग मार्गदर्शनका लागि अनुरोध गर्छन् । त्यस पछि भगवान् कृष्णले आफ्नो अमर आध्यात्मिक प्रवचन आरम्भ गर्नु हुन्छ । जसको उद्देश्य केवल उसका सही स्थितिको दृष्टिकोण बताउनु मात्र नभएर समग्र जीवन दर्शन बताएर अर्जुन भित्र जरा गाडेको मानसिक रोगलाई निर्मूल गर्नु हो ।

हुन पनि, अर्जुन त्यसका लागि दुखी भइरहेका छन् जसका लागि दुखी हुनु आवश्यक नै छैन । युद्ध क्षेत्रमा एकत्रित योद्धा लगायत सबै मानिस यथार्थतः अमर छन् । मृत्यु (क्षय) केवल शरीरको हुन्छ, आत्माको होइन । यदि शरीरसंगै जन्म हुन्छ र शरीरसंग मानिसको मृत्यु हुन्छ मान्ने हो भने पनि शोक गर्नु उचित छैन किनभने यो अपरिहार्य छ । क्षत्रिय योद्धा भएकोले अर्जुनको धर्म, नैतिकता र पवित्र कर्तव्य हो युद्ध गरेर विजयी हुनु वा लक्ष्य प्राप्तिका लागि युद्ध क्षेत्रमा मर्नु । त्यस्तो पराक्रमी मानिसले यदि युद्धबाट मुख फर्काउंछ भने अब उसको अपकीर्ति निश्चित छ ।

स्वार्थबाट प्रेरित कर्मले मानिसलाई बन्धनमा पार्छ । तर परिणामलाई बेवास्ता गर्दै समत्व भावले कर्म गरिन्छ भने त्यसले मुक्त गर्छ । यही समत्व बुद्धि (बुद्धियोग) हो । स्थितप्रज्ञको वर्णन गर्दै उहां भन्नुहुन्छ– स्थित प्रज्ञले सबै कामनाहरु त्याग गरेको हुन्छ । सर्वदा स्वात्मामा सन्तुष्ट रहन्छ । उसलाई सुख र दुख ले विचलित गर्दैनन् । उ आसक्ति, भय वा क्रोधबाट मुक्त रहन्छ । उसको इन्द्रियमाथि पूर्ण स्वामित्व हुन्छ । परम सत्यका लागि सधैं जागृत र संसार प्रति उदासीन रहन्छ । आफ्नो जीवनका अन्तिम क्षणमा उ ब्रह्मस्थितिमा स्थापित हुन जान्छ । यस अध्यायमा गीताको सार पाइने भएकोले यसलाई गीताको सार पनि भनिन्छ । यस अध्यायमा अर्जुनले के गर्नु पर्छ भन्ने कुराको उपदेश दिइएकोले यस अध्यायको नाम कर्म जिज्ञासा योग पनि हो ।

पढ्नुहोस डाक्टर ज्ञवालीद्वारा लिखित ”श्रीमद्गवद्गीता अध्याय दुईको विवेचना” को पूर्णपाठ

प्रतिक्रिया
ताजा अपडेट