आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

‘श्रीमद भागवत गीता अध्याय १, विषाद योग

सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा प्रस्तुत गर्ने छौ ।


  • प्राध्यापक डा. बाबुराम ज्ञवाली
  • आइत, माघ २६, २०७६

सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर गरिएको व्याख्या क्रमिकरुपमा प्रस्तुत गर्ने छौ ।

सनातन धर्म संस्कृतिका ज्ञाता त्रिभुवन विश्व बिद्यालयका प्राध्यापक डा. बाबु राम ज्ञवालीद्वारा लिखित ”श्रीमद्गवद्गीता अध्याय दुईको विवेचना” नामक महत्वपूर्ण धार्मिक ज्ञान भएको पुस्तक हो , जसको बिभिन्न भाग हामीले बिभिन्न समयमा प्रकाशित गरेका छौ । धर्म संस्कार प्रति चाख राख्ने पाठकहरुको मागलाई ध्यानमा राख्दै पढ्न र संग्रह गरेर राख्न पनि सजिलो होस् भन्दै हरेक अध्यायलाई फाइल नै बनाएर पोष्ट गर्दै जाने निर्णय गर्दै लेखको डाक्टर ज्ञवालीको सहमतिमा प्रकाशित गरेका छौ । -सम्पादक

मीठो लाग्छ मलाइ ता प्रियकथा प्राचीन संसारको ।
हाम्रो भारतवर्षको उदयको हैमप्रभासारको ।।  लक्ष्मी प्रसाद देवकोटा

मैले जति जानें गीता एक यस्तो ग्रन्थ जसमाथि लाखौं व्यक्तिहरु द्वारा प्रवचन भइसकेको छ । हजारौं भाष्य टीका, अनुवाद छन् । यसका संस्करण कति छन् कति ? र पनि लेख्ने क्रम रोकिएको छैन । मैले आाफुले सन्तवचन वा आफुले जेजसरी बुझ्न सकें त्यसलाई लेख्ने प्रेरणा भएर मात्र लेखेको हूं।

गीता महाभारतको एक भाग हो । सुरुमा यसको नाम जय थियो । यसमा संशोधन भइ यसको नाम भारत संहिता भयो । एक लाख श्लोकको वर्तमान स्वरपमा आए पछि यसको नाम महाभारत भयो । कृष्णले अर्जुनलाई उपदेश दिएको घटनालाई सञ्जयले धृतराष्टलाई बताए । धृतराष्ट्र र सञ्जयको कुराकानी भएको थियो यस कुराको विवरण व्यासले आफ्ना शिष्य वैशम्पायनलाई बताए । वैशम्पायनले परीक्षित पुत्र जनमेजयलाई बताए । इतिहास र पुराणका घटनाहरु जान्ने जिज्ञासा भएका शौनकादि अठासी हजार ऋषिहरुलाई सूतले विवरण दिए । वर्तमानमा उपलब्ध महाभारत सूत र शौनकको वार्तामा आधारित छ ।

यद्यपि श्रीमद्भगवद्गीता भगवान् श्रीकृष्ण र अर्जुनको संवाद हो तथापि यसको प्रारम्भ धृतराष्ट्रले सञ्जयलाई सोधेको प्रश्नबाट हुन्छ । त्यसर्थ गीता यस्तो ग्रन्थ हो जसमा कृष्ण र अर्जुनको बीचमा के के वार्तालाप भयो भन्ने कुरा बताइएको छ । तर कृष्णले अर्जुनलाई उपदेश दिएको कारणले मात्र यो सर्वसुलभ भएको होइन । यो सर्वसुलभ भएको कारण धृतराष्ट्र जन्मान्ध हुनु हो । जसले गर्दा सञ्जयले दिव्यदृष्टि प्राप्त गर्नु पर्यो । सञ्जयले धृतराष्ट्रलाई बताएकोले नै यो सर्वसुलभ भएको हो । त्यसैले, श्रीकृष्णको यो उपदेश सबैका लागि सुलभ हुनुमा लेखक गणेश, रचयिता व्यास, कथा सम्पादक वैशम्पायन, कथा वाचक सूत, श्रोता जनमेजय, युद्धको विवरण जान्न इच्छुक धृतराष्ट्र, दिव्यदृष्टि प्राप्त सञ्जय, र पाण्डु पुत्र अर्जुन सबैको योगदान छ ।

अठार पर्वको महाभारत ग्रन्थ भित्रको गीतामा पनि अठार अध्याय नै छन् । कुरुक्षेत्रको युद्ध पनि अठार दिनसम्म चल्यो । युद्धमा अठार अक्षौहिणी सेनाको नाश भएको थियो । महाभारतको अठारसंगको यो सम्बन्ध गीताको नाममा पनि पाइन्छ । अठार अध्यायको गीताका अठार नाम यस प्रकार छन्– १.गीता, २.गंगा, ३.गायत्री, ४.सीता, ५.सत्या, ६.सरस्वती, ७.ब्रह्मवल्ली, ८.ब्रह्मविद्या, ९.त्रिसन्ध्या, १०.मुक्तिगेहिनी, ११. अर्धमात्रा, १२.चिदानन्दा, १३.भवघ्नी १४. भ्रान्तिनाशिनी, १५. वेदत्रयी, १६.परा, १७.अनन्ता, १८.तत्त्वार्थ ज्ञान मञ्जरी ।

सात शय श्लोकी गीतालाई १०० अध्यायमा विभाजन गरेर यो व्याख्या प्रस्तुत गरिएको छ ।

पढ्नुहोस डाक्टर ज्ञवालीद्वारा लिखित ”श्रीमद्गवद्गीता अध्याय एकको विवेचना” भाग १ को पूर्णपाठ 

यो पनि पढ्नुस – वैचारिक गम्भीरताका दृष्टिले श्रीमद्भगवद्गीता अध्याय दुईको विवेचना (श्लोक अर्थ र व्याख्यासहित)

प्रतिक्रिया
ताजा अपडेट