मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

ओली उभिएको संरचना नै राष्ट्रघा’ती छ, ओली राष्ट्रघा’ती हुन् या होइनन भनेर उफ्रिनुको कुनै अर्थ छैन !

कुनै पनि देशको राष्ट्रिय सुरक्षा अखण्डता त्यो देशको नेता होइन राज्य प्रणालीमा पनि निर्भर हुन्छ


  • स्वदेश नेपाल
  • बिहि, फाल्गुन १५, २०७६

मोहन लामा रुम्बा –बि.स. २०१७ साल पुस १ गते राजा महेन्द्रले तत्कालिन बिपी कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्ष सम्म कैदमा राखेर इ.सं. १९६८ उनलाई बनारस निर्वासनमा जान दिइयो, बिपी कोइराला बनारस स्थित आफू बसेको बासस्थान लाई राजनीति गतिविधिको हेड्क्वाटर नै बनाएको थियो, एकदिन भारतिय खुफिया एजेन्सीको ब्यक्तीहरु आएर बिपी कोइरालालाई भेटेर तपाईं राष्ट्रपति बन्नुस हामी साथ दिन्छौं भनेर प्रस्ताव गर्‍यो, बिपी कोइरालाले त्यो प्रस्तावलाई ठाडै इन्कार गर्‍यो। छेउमा बसिरहेको कार्यकर्ता हरुले बिपीलाई सोध्यो सान दाजु यस्तो महत्त्वपूर्ण प्रस्ताव आउँदा पनि तपाईंले किन अस्वीकार गरेको ? भनेर अचम्मित हुँदै जिज्ञासा राख्यो, बिपी कोइरालाले हाँस्दै जवाफ दियो, भारतले २०० बर्षको इतिहास भएको राजसंस्था त फाल्न लगाउँछ भने म त जनताको छोरा कति दिन राख्छ र ? भनेर भन्नुभएको थियो रे।

कालान्तरमा राजसंस्था फाल्यो, त्यो पनि उनकै सहोदर भाई गिरिजाप्रसाद कोइरालाले फगत राष्ट्रपति बन्ने उधारो आश्वासनमा  । नफाल्दा सम्म दिल्लीमा रातो कार्पेट ओछ्याएर स्वागत गर्‍यो । फालिसके पछी दिल्लीमा पुगेर भेट्न खोज्दा शिष्टचार भेट समेत दिएन सोनिया गान्धीले । तितो अनुभव लिएर फर्किनु पर्‍यो, यस्तै अनुभव थियो लेण्डुब दोर्जेको पनि, आफ्नो जिबनको अन्तिममा आएर यस्तै तितो अनुभुती पोखाउदै भनेको थियो हिजोको दिनमा रातो कार्पेट ओछ्याएर मलाई स्वागत गर्ने दिल्लीले अहिले मलाई चिन्दैन भन्दै गुमनाम भएर एउटा कोठामा सिमित भएर प्राण त्यागे ।

भूराजनीतिक संबेदनशिल महत्त्वको देश हो नेपाल । कुनै पनि देशको राष्ट्रिय सुरक्षा अखण्डता त्यो देशको नेता होइन राज्य प्रणालीमा पनि निर्भर हुन्छ, त्यो प्रणालीले त्यो देशको नेता उत्पादन गर्ने हो, पञ्चायत कालमा उद्योग कलकारखाना राज्यको आधारभूत संरचना तयार भएको त्यतिबेलाको प्रधानमन्त्री सक्षम विद्वान त्यागी भएर होइन त्यसको संरचनाको उत्पादन हो।

हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने भारतले घुसाएको भारतीय फर्मुलामा छौं । भारत भित्र जे जस्तो नेता उत्पादन हुन्छ त्यस्तै नेता नेपालमा पनि उत्पादन हुने हो । प्रवृति उहि हो, संरचना उहि हो, उता भारतलाई पाकिस्तानले क्रीकेटमा जित्दा भारतमा ताली बजाउदै लड्डु बाँड्ने गर्छ, यता पनि नागरिक अभिनन्दन गर्दै भोलि गडगडाहट ताली बज्दैछ, उता माँ कसम भारत माता की जय नहि बोलुंगा भन्ने ओवैसी नेता छ यतातिर नेपालमा पनि यो नेपाल नै होइन बहुराष्ट्रिय देश हो पृथ्वीनारायणले लुटेको मात्रै हो भन्ने नेताहरू बेग्रेल्ती उत्पादन हुँदैछ, उता मणि शंकर ऐयर नेता छ जो पाकिस्तान गएर “नरेन्द्र मोदीको हटाने मे हामे साथ दो” भन्दै सहयोग माग्न पुग्छ यता प्रधानमन्त्रीको कुर्सीमा पुर्‍याई देउ भन्दै दिल्ली दरबारको दैलोमा लाइन लाग्ने बर्ग उत्पादन हुँदैछ । फरक यति छ त्यो देश बिशाल छ हामी भूभागमा सानो छौं तर प्रवृत्तिमा कुनै फरक छैन। त्यो देश बिशाल भएकोले धानिरहेको छ तर हामीले धान्न सक्छौ की सक्दैनौं भन्ने मात्रै हो ।

सारमा :

केपी ओली एउटा ब्यक्ति हुन् ऊनी राष्ट्रवादी वा राष्ट्रघाती भित्री मनमा जेसुकै होस् कुनै अर्थ राख्दैन ऊनी कुन संरचनामा उभिएको प्रधानमन्त्री हुन त्यो महत्त्वपूर्ण हुन्छ यदि खड्का ओली राजा महेन्द्रको संरचनाको प्रधानमन्त्री भएको भए एउटा फरक खड्क ओली हुन्थी ०४८ को संविधानको प्रधानमन्त्री भएको भए अर्को रुपको ओली हुन्थ्यो अहिलेको ओली भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको ओली हो । यो पोस्टमा जोसुकै भोलिको दिनमा आओस् त्यो पनि ओली नै हुने हो  । अबको ओलीले सिंहदरबारको छतमा बसेर दुरबिन लगाएर प्रदेश सरकारले विभिन्न देशको राजदूत संग भेटवार्ता गरेको । अनुदान थापेको । कानमा फुसफुस गरेको टुलुटुलु हेरेर बस्ने मात्रै हो । भोलि चाहिँ जयजयकार गरेको हेर्ने दिन हो ।

अत: ओली राष्ट्रघाती हो होइन भनेर उफ्रिनुको कुनै अर्थ छैन ओली उभिएको संरचना नै राष्ट्रघाती छ,यो राष्ट्रघाती संरचनामा भोलिको दिनमा आउने जो कोही आजकै ओलीको दोस्रो रुप मात्रै हुने हो, त्यसैले हिजोको दिनमा यो राष्ट्रघाती जनघाती संविधानलाई जोगाउन बिदेशीले राष्ट्रबादीको खोल ओढाएर नक्कली पुतली बनाएको पुत्लाको खोल आज उदाङ्गो भएको मात्रै हो बास्तबमा न हिजो ओली राष्ट्रवादी न आज राष्ट्रघाती  । आज ऊनी उभिने राष्ट्रघाती संविधान हिजो ल्याएर उफ्रिनेहरुले फलानो राष्ट्रघाती लम्पसारवाद भन्न सुहाउँदैन ।

त्यसैले एउटा उखान छ, खास्टोमा सातु मोल्दै नमोल्नु मोले पछी घिन नमानेर खानु !! भोलि जयजयकार गर्न जानु !

प्रतिक्रिया
ताजा अपडेट