मङ्ल, फाल्गुन ६, २०७६
Tue, February 18, 2020

पवित्र बौद्ध ग्रन्थ ‘धोमाङ’मा गाईको गोबर यति महत्वपूर्ण वर्णन गरिएको रहेछ: सबै रो’गहरु निको पार्नेसम्म


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

हिन्दु धर्ममा गाईको विशिष्ट महत्व सबैलाई ज्ञात भएकै कुरा हो । गाईको जति महत्व छ त्यति नै गाईको दुध , गौहुत र गोबर पनि पवित्र मानिन्छ । यसरी नै गाईको गोबर हिन्दु धर्ममा मात्रै नभएर बौद्ध धर्ममा समेत पबित्र मानेर औषधिको रुपमा प्रयोग गर्न सकिने ऐतिहासिक कुरा बौद्ध धर्मको पबित्र ग्रन्थ ”धोमाङ”मा उलेख गरेको पाइन्छ ।

नेपाल भित्रको मौलिक धर्म संस्कृतिकको रक्षार्थ ”ॐकार परिवार” का अभियानमा लाग्दै आएका अभियन्ता मोहनलामा रुम्बाले बौद्ध धर्ममा गोबरको महत्व दर्शाउदै फेसबुकमा गरेको गरेको पोष्टमा यी कुराहरु उलेख गरेका छन् ।

पवित्र बौद्ध ग्रन्थ धोमाङमा उल्लेख गरे अनुसार-

भुँईमा नखसेको गाईको गोबरलाई आठ वटा मण्डल बनाएर प्रत्येक मण्डलमा तेह्र पल्ट जप गर्दै रोग लागेको ठाउँमा लेपन गर्नु पञ्च महापाप बाट लागेको रोगबाहेक सातदेखि एक्काईस दिन भित्र अन्य रोग निको हुने छ।

सिंहनाद धारणी मन्त्र :

नमो रत्न त्रयाय। नम: आर्यव्लोकितेश्वराय। बोधिसत्वाय महासत्वाय। महाकारुणिकाय। त द्य था । ॐ अकते बिकते कतंकते करोत करोते वीर्य स्वाहा।।

साभार- पवित्र बौद्ध ग्रन्थ धोमाङ
अनुवादक- खेम्पो वागिन्द्रशिल

बौद्ध महायानीहरुको पवित्र सँगालो “धोमाङ”

विशेष गरी महायानी बौद्धहरुले आफ्नो प्रमुख धार्मिक ग्रन्थको रुपमा लिने भगवान बुद्धले विभिन्न स्थानहरुमा तन्त्र र सूत्रको रुपमा देशना गर्नुर्भको बचनको संगालो पवित्र ग्रन्थ हो धोमाङ तर यस ग्रन्थको भाषा र लिपी भोट तिब्बती भएकोले यो उपलब्ध हुँदा पनि पढेर व्याख्या विश्लेषण गर्नसक्ने व्यक्ति दुर्लभ थियो । सबैले पढ्नका लागि उपलब्ध नभएको भएपनि कम्ति वर्षको एकपल्ट लामाहरुलाई बोलाएर पढ्न लगाएर पूजा गरिने यस ग्रन्थको नेपाली भाषामा केहि बर्ष अघि अनुवाद भएर बजारमा आएको छ।

उक्त ग्रन्थको मौलिक रुप १२०० पेज भएपनि यस संस्करणमा भोट लिपि, त्यसको नेपाली अनुवादसहित भएकोले यसमा कुल २५०० पृष्ठ भएको र यसको तौल मात्रै पनि ९ केजी भएको रहेको छ ।

भगवान बुद्धले प्राणी मात्रको हित र सुख प्रदानको लागि २६०० वर्ष अगाडि विभिन्न स्थानहरुमो तन्त्र र सूत्रको रुपमा देशना गर्नुभएको सँगालो नै यो ग्रन्थ “धोमाङ” हो । यस सँगालोलाइै १६औं शताब्दीमा तिब्बतमा जन्मनुभएका लामा (पण्डित) तारानाथले संकलन गर्नु भएको छ । तन्त्र, सूत्र तथा विविधमा गरी तीन खण्डमा विभाजित यो धारणी संग्रहमा नामसंगीतिबाट शुरु गरेर मंगल सूत्रहरु सहित ११७ परिच्छेदमा राखिएका छन् ।

यस ग्रन्थलाई त्रियान धर्म संघका अध्यक्ष बागिन्द्र शीलको प्रोत्साहनमा ८४ वर्षीय इ गुह्येश्वरी राज मानन्धरले धेरै वर्ष लगाएर गर्नुभएको थियो । “ती बुद्ध वचनहरुको सँगालो भगवान बुद्धका तर्फबाट सम्पूर्ण विश्वका लागि अमूल्य उपहार भएकोले सबै नेपालीहरुले आफ्नो घरमा राखेर पाठ गर्ने मात्र होइन यसको मर्म बुझेर जीवनमा समेत उतार्न सक्नु पर्छ,” उहाँले भन्नुभयो । यस अमूल्य ग्रन्थमा नेपाल तथा तिब्बतका थुप्रै विद्वानरुको योगदान रहेकोले उहाँहरुको योगदान प्रति कृतज्ञ रहनु पनि उहाँले आग्रह गर्नुभयो । उहाँको भनाइमा पहिले यो सबै भोट भाषा र लिपिमा लेखेका हुन्थे त्यसकारण सबैलाई बुझ्न कठिन थियो । अहिले सबैले बुझ्न सकिने भएको छ ।

यो बुझेपछि मात्र बुद्ध धर्म के हो भन्ने बुझ्न सम्भव छ जुन आज अत्यन्त आवश्यक पनि भएको छ । बौद्ध विद्वान खेन्पो नावाङ जोर्देनले आफ्ना गुरुको भनाइ उदृढ गर्दै बुद्ध धर्ममा ग्रन्थहरु भनेको बुद्ध प्रतिमा भन्दा पनि महत्वपूर्ण हुन् किन भने ग्रन्थहरुले हामीसँग कुरा गर्न सक्छ र त्यसैले सच्चा अर्थमा बुद्धका प्रतिनिधिहरु हुन् भन्नुभयो । कार्यक्रममा रिम्पोछेले भगवान बुद्धको प्रत्येक वचन अर्थपूर्ण र मार्ग दर्शन हुने भएकोले यसलाई जस्ताको तस्तै मात्र पढ्ने भन्दा पनि यसलाई जीवनमा अभ्यास गर्नुपर्ने तथा सम्पूर्ण प्राणीको हितको लागि बुद्धज्ञानको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यो अनुवाद नेपालका बौद्धहरुका लागि निकै लाभदायक भएको भन्दै अनुवादकहरुको मिहेनतको सराहना गर्नुभयो ।

अनुवादक मानन्धरले अहिलेसम्म यो ग्रन्थ तिब्बती अक्षर जान्नेहरु विशेष गरेर भिक्षुहरु र आनीहरुले मात्रै पढ्न पाउने भइरहेकोमा सबै नेपालीहरुले पढ्न सकोस्, बुद्धको उपदेशलाई सबैले आफैले सिकेर प्राणी मात्र हित र सुखको लागि उपयोग गर्न सकुन् भन्ने उद्देश्यले अनुवाद गरेको बताउनुभयो ।

“छोटकरीमा भन्नु पर्दा यो जीवनमा आइपर्ने सम्पूर्ण दुःख, बाधा, व्यवधान, ग्रह दशा, रोग व्याधि, अनिकाल, वायु, अग्नि, जल, भूकम्पको भय आदिको समाधान गर्ने मन्त्र तथा विधिहरुको सँगालो हो,” उहाँले भन्नुभयो ।

धोमाङ’ पाठ गर्दा सम्पूर्ण बुद्धवचन पाठ गरे सरह हुने भएकोले पनि यो सम्पूर्ण बौद्धमार्गीले बुझ्नु पर्ने छ ।

प्रतिक्रिया