शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

अनसन बस्नेलाई देउवा समर्थकले हाने गमला, कुन्दन काफ्ले घाइते


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्र’मण गरेका हुन् ।

काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घे’र्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

सो क्रममा दुई पक्षबीच झ’डप हुँदा नेविसंघ पूर्वमहामन्त्री कुन्दन राज काफ्ले सामान्य घाइते भएका छन् । अनसनरत समूहलाई समर्थन गर्दै आएका काफ्लेको मुखमा चो’ट लागेको छ ।

प्रत्यक्षदर्शीका अनुसार देउवा समर्थकले पार्टी कार्यालय परिसरमा सजाएर राखिएको गमला अनसनरतमाथि प्र’हार गरेका थिए भने दुबै पक्षबीच मु’क्का हाना’हान समेत भएको थियो ।

अनसनरत समूहले देउवालाई आफ्नो माग सुनुवाइ नगरी ३२ वर्षमाथिबाट तदर्थ समिति गठन गरिएको भन्दै घेरा हालेका थिए । सोही क्रममा नेविसंघ काठमाडौँका सभापति मनोज वैद्यले बिथोल्ने प्रयास गरेपछि वि’वाद हुँदै हात हाला’हाल र गमला प्र’हारसम्मको अवस्था निम्तिएको हो ।

यसैबीच अनसनरत समूहमाथि आक्र’मण भएको भन्दै काँग्रेस नेता अर्जुन नरसिंह केसीले विरोध गरेका छन् । अनसनस्थलमा पुगेर केसीले बूढानीलकण्ठमा नेविसंघको तदर्थ समिति गठनबारे भएको सहमतिमा आफ्नो सहमति नरहेको बताए । उनले अनसनरत समूहमाथि भएको आक्र’मणको पार्टी सभापति सामु कुरा राख्ने पनि बताए ।

पार्टी कार्यालयमा ४० दिनसम्म रिले अनसन बसेका समूहले आजदेखि आमरण अनसन थालेको छ । उनीहरुले कुनैपनि हालतमा ३२ वर्ष मुनीबाट नेविसंघको नेतृत्व चयन गरिनुपर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट