आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

सिरहामा शिक्षकको कु’टाईबाट विद्यार्थीको हात भाँ’चियो


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

सिरहा । शिक्षकको कु’टपि’टबाट सिरहाको मिर्चैयास्थित स्वास्तिक पाठशालामा अध्ययनरत एक विद्यार्थीको हात भाँ’चिएको छ । कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका– २ बसविट्टनका १३ वर्षीय रितिक यादवको हात भाँ’चिएको हो ।

गृहकार्य नगरेको भन्दै नेपाली शिक्षक तारा कार्कीले आइतबर रितिकमाथि कु’टपि’ट गरेपछि बाँया हात भाँ’चिएको उनका आफन्तले जनाएका छन् ।

नेपाली विषयका शिक्षक कार्कीलाई विद्यार्थी रितिकले हात कालिएकोले गृहकार्य गर्न सकिन भन्दाभन्दै पनि कु’ट’पी’ट गरेको बताए । उनले भने, ‘मैले हातमा घाउ भएकाले गृहकार्य गर्न सकिन, शिक्षकलाई पनि यही कुरा भनें, तर उहाँले सवैको गृहकार्य चेक गरिसकेपछि मलाई ल’ठ्ठिले हाने, मेरो हात भाँ’चियो ।’ ‘मैले न’कुट्न आग्रह गर्दा पनि शिक्षकले सुन्दै सुन्नुभएन, मलाई ला’ठीले कु’टे’को कुट्यै गर्नुभयो’ रितिकले सुनाए ।

कु’ट’पि’टबाट यादवको हात भाँ’चिएको परिवारजनले जनाएको छ । रितिक ६ वर्षदेखि स्वास्तिक पाठशालामा छात्रावासमा बसेर पढ्दै आएको उनका काका देवकुमार यादवले बताए ।

घटनाबारे पाठशालाका संस्थापक प्रिन्सिपल महेश्वर कार्कीले घटना भइसकेको छ, यसमा मैले अब के भन्ने ? भन्दै आफूसँग घटनाको बारेमा केही भन्ने ठाउँनै नरहेको बताए ।

उनले आफूले विद्यालय चलाउन धेरै मेहनत गरेको भन्दै यसलाई एउटा दु’र्घटनाको रुपमा लिन आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका देवकुमार यादवले बालबालिकालाई यसरी म’र’न्ना’स’न्न हुनगरी कु’ट’पी’ट गर्नु अप’राध भएको भताउँदै यस्ता अप’राधी शिक्षकलाई कार्वाही गर्नुपर्ने बताए ।

रिकिका ठूलोबुवा समेत रहेका यादवले बालबालिकालाई गाई बाख्रालाई जस्तो गरी हातै भाँ’चिउन्जेल कुटपिट गर्ने त्यो विद्यालय नभएर यातना गृहजस्तो भएको आरोप लगाए ।

विद्यालयमा यस्तो घटना पटक–पटक हुने गरेको बताइएको छ । राम्रो अनुशासन र पढाईको नाममा विद्यालयलाई यातना गृहजस्तो वनाएको यादवले आरोप लगाए । उनले घटनामा संलग्न शिक्षकलाई का’र्वाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट