आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर थ्रीडी’ को कमाई बढ्यो, हालसम्मको कमाई कति ?


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

काठमाडौं – अभिनेता वरुण धवनको फिल्म ‘स्ट्रिट डान्सर थ्रीडी’ अहिले हलहरुमा प्रदर्शन भइरहेको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले शुरुवातको दिनदेखी राम्रै ब्यापार गरेको छ ।

वरुण र श्रद्धा कपूरको मूख्य भुमिका रहेको यस फिल्मले पहिले दिन अर्थात शुक्रबार १० करोड २६ लाखको ब्यापार गरेको छ । त्यस्तै दोस्रो दिन शनिबार १३ करोड २१ लाख र आइतबार १७ करोड ७६ लाखको ब्यापार गरेको छ । फिल्मले हालसम्म ४१ करोड २३ लाखको ब्यापार गर्न सफल भएको छ ।

फिल्ममा इन्डिया भर्सेज पाकिस्तानको डान्स कम्पिटिसन भएको देखाइएको छ । रेमो डिसुजाले निर्देशन गरेको यस फिल्ममा वरुण, श्रद्धा, प्रभु देवा, अपार शक्ति खुराना, नोरा फतेही, शक्ति मोहन, राघव जुयल, पुनित पाठकलगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट