शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

गायिका आस्था राउत केहीबेरमा प्रहरी कार्यालय पुग्दै


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

काठमाडाैं- गायिका आस्था राउत साेमबार महानगरीय प्रहरी परिसर टेकु जाँदै छिन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी र आस्थाबीच भएकाे विवादमा प्रकाउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालय जान लागेकी हुन्।

प्रहरीले नेपाल आए लगत्तै पक्राउ गर्ने तयारी गरेपछि आस्थाकाे परिवार उनलाई नेपाल फर्किए लगत्तै प्रहरी कार्यालयमा हाजिर गराउन सहमत भएकाे थियाे। साेहि सहमतिअनुसार आस्थाकाे परिवारका सदस्यले उनलाई प्रहरी कार्यलय लैजान लागेका हुन्।

आस्था आज प्रहरी कार्यालय जान लागेकी हुन्। आस्था कार्यक्रममा सहभागी हुन केही दिन नेपाल बाहिर थिइन्। उनलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएकाे थियाे। माघ ५ मा गायिका आस्थाविरुद्ध प्रकाउ पुर्जी जारी भएको थियाे।

मुलुकी अप’राध (सं’हिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभ’द्र व्यवहार क’सूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको हाे। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरीमाथि गायिका राउतले दु’र्व्य’वहार गरेको भन्दै परेको उजुरीको आधारमा पक्राउ पुर्जी जारी भएको हो।

विमानस्थलमा गायिका राउतले चेकजाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठमाथि ‘अ’भ’द्र व्य’वहार’ गरेको उजुरी परेको थियो। श्रेष्ठले विमानस्थलस्थित प्रहरी कार्यालयमा गायिका राउत विरुद्ध माघ ३ गते उजुरी दिएकी थिइन्।

उता, राउतले विमानस्थलमा आफूमाथि दु’र्व्य’वहार भएकाे माघ १ मा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाइन्।

विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो बाहिरिए थियाे। भिडियाे बाहिरिएपछि राउतले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्। पछि आस्थाले आफूले बोलेका कतिपय शब्दहरूले प्रहरी संगठनलाई चो’ट पुगेको भन्दै फेसबुक लाइभबाट माफ पनि मागेकी थिइन्।

सुरक्षा जाँचका क्रममा गायिका राउतको महिला प्रहरी रमिता श्रेष्ठसँग वि’वाद भएको थियो।

प्रतिक्रिया