शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

शाहरुख खान भन्छन, म मुसलमान, मेरी श्रीमती हिन्दु र मेरा बच्चाहरुको धर्म हिन्दुस्तान(भिडियो सहित)


  • स्वदेश नेपाल
  • सोम, माघ १३, २०७६

एजेन्सी – बलिउड अभिनेता शाहरुख खानले एक टेलिभिजन कार्यक्रममा उनको घरमा धर्मबारे कहिले पनि कुनै चर्चा नहुने बताएका छन् ।

स्टार प्लसमा प्रशारण हुने एक डान्स रियालिटी शो डान्स प्लमा उनले भने, ‘हाम्रो परिवारमा हामीले कहिले पनि हिन्दु मुसलमानको केही पनि कुरा गरेका छैनौं । मेरी श्रीमती हिन्दु हुन्, म मुसलमान हुँ र मेरा सन्तान हिन्दुस्तान हुन् ।’

गत शनिबार राती प्रशारण भएको उक्त शोमा शाहरुख खान उपस्थित भएका थिए । कार्यक्रममा उनलाई एउटा प्रश्न सोधिएको थियो जसको जवाफमा उनले भनेका थिए, ‘म स्कूल जाँदा त्यहाँको फारममा धर्मबारे सोधिएको हुन्थ्यो । त्यो भर्नुपर्दथ्यो ।

मेरी छोरी सानी हुँदा उनले मलाई एकपटक हाम्रो धर्म के हो भनेर सोधिन् । मैले उनलाई हामी भारतीय हौं भनेँ किनभने कुनै पनि धर्म छैन र हुनु पनि हुँदैन ।

उनको यो बयानका लागि सोसल मिडियामा उनको निकै तारिफ भइरहेको छ ।

प्रतिक्रिया