शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

काेराेना भाइरसकाे प्रकाेप : नेपालमा पनि सतर्कता बढाइयाे, त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी


  • स्वदेश नेपाल
  • बिहि, माघ ९, २०७६

काठमाण्डाै – चीनमा कोरोना भाइरसको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ । श्वासप्रश्वासबाट सर्ने यो भाइ’रसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रु’घाखोकीलगायत श्वा’सप्रश्वा’सको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दियाे ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

वुहान शहरबाट आएका एक नेपालीमा यो भाइ’रसको सङ्क्र’मण देखिएपछि ती व्यक्तिकाे नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ ।

अहिलेसम्म याे भाइरसकाे सङ्क्र’मण चीनबाहेक अमेरिका दक्षिण काेरिया जापान र थाइल्याण्डमा पनि देखिएकाे छ । याे भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाकाे ज्या’न गइसकेकाे छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट स’ङ्क्र’मित भएका छन् ।

यसकाे प्रकाेप बढ्दै गएपछि चीनकाे वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट