आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु


  • स्वदेश नेपाल
  • बिहि, माघ ९, २०७६

काठमाडाैं ।राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत सातै प्रदेशमा मतदान सुरु भएको छ । कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

बाग्मती प्रदेश अन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् ।

यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन-तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र बाग्मती प्रदेशमा निर्वाचन शान्तिपूर्वक भइरहेको त्यहाँबाट हाम्रा सहकर्मीले जानकारी दिएका छन्। अन्य प्रदेशमा पनि निर्वाचन सुरु भइरहेको र अहिलेसम्म कुनै अवाञ्छनिय क्रियाकलाप नभएको जानकारी आएको छ।

निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले भाग लिदैछन्। प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३/३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २/२ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३/३ जनाको दरले ६ जना उम्मेदवार छन्।

यस्तै ,गण्डकी प्रदेशमा रिक्त महिला समूहतर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार, प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन।

यस्तै कर्णाली प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २/२ जनाका दरले ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन।

महिला समूहतर्फ १६, दलितसमूहतर्फ ५, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ। २ नम्वर प्रदेशमा राजपासँग चुनावी तालमेल गरेको सत्तासीन नेकपाले राष्ट्र्यिसभा निर्वाचन जित्ने निश्चित छ।

प्रतिक्रिया
ताजा अपडेट