आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

नेपाल प्रज्ञा-प्रतिष्ठान र हिब्रु राइटर्स एसोसिएसन इजरायलबीच दुई पक्षीय सम्झौतामा हस्ताक्षर (फोटोफिचर)


  • स्वदेश नेपाल
  • बुध, माघ ८, २०७६

नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गंगाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ ।

इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पु¥याउने विश्वास लिइएको कुलपति उप्रेतीले बताउनु भएको छ ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा ३ सदस्यीय नेपाली साहित्यिक टोली इजरायलको बिशेष साहित्यिक भ्रमणमा सोमबार राति ११ (इजरायली समय) बजे सोमबार इजरायल आइपुग्नु भएको हो ।

नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति उप्रेतीको नेतृत्वमा त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख डा. अम्मराज जोशी र नेपाल प्रज्ञा-प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपालसहितको टोली एक सातासम्म इजरायलमा रहनु हुनेछ ।

उक्त सम्झौतापछि भ्रमण टोलीका सदस्य प्रज्ञा-प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपालले आफ्नो फेसबुक पोस्टमा ”साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानसँग सम्बन्धित यो द्विपक्षीय सम्झौता फलदायी हुने बिश्वास लिनु भएको छ ।”

साथै साहित्यिक व्यक्तित्वहरुको आगमनको अवसर पारेर इजरायलमा बृहत काव्यसभा हुने भएको छ । नेपाली साहित्यको संरक्षण, संवद्र्धन गरौ भन्ने उदेश्यका साथ स्थापना भएको साहित्य सुधा नेपालको आयोजनामा यहि जनवरी २४ मा इजरायलमा बृहत काव्यसभा हुने भएको हो ।

नेपाल प्रज्ञाप्रष्ठिानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हुन लागेको उक्त कार्यक्रम इजरायलको तेलअबिब स्थित साइ सेन्टरमा साँझ ७ देखि सुरु हुने छ । कार्यक्रममा प्रख्यात छन्द कवि प्राज्ञ डाक्टर देवी नेपाल र त्रिवि अंग्रेजी केन्द्रीय बिभागका प्रमुख प्राज्ञ डाक्टर अम्मरराज जोशीको बिशेष आथित्यता रहने बताईएको छ ।

प्रज्ञा-प्रतिष्ठानका बाल साहित्य तथा लोकवार्ता विभाग प्रमुख एवम प्रख्यात छन्द कवि डा.देवी नेपाल मुख्य आकर्षक रुपमा रहनु हुने छ ।

नेपाली साहित्यिक टोलीको सम्मानमा डा.देवी नेपालको “चरा” शीर्षकको कविता हिब्रु भाषामा अनुवाद गरेर वाचन गर्दै नेपाली साहित्यिक टोलीको स्वागत गरिएको थियो । इजरायली कवि मोसे तिमोजले उक्त कविता अनुवाद गर्नु भएको हो ।

कविताको भिडियो

प्रतिक्रिया
ताजा अपडेट