आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

कञ्चनपुरमा विद्युतीय बस संचालन गर्छाैः मन्त्री नेम्बाङ


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त कुमार नेम्बांङले सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय बस संचालन गरिने बताएका छन्। मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्बाङले सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित पार्नका लागि विद्युतीय बस संचालन गरिने बताएका हुन्।

उनले सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित पार्नका लागि तीनै सरकारसंग समन्वय गरेर संघीय यातायात कानुन ल्याउन तयारी थालेको समेत बताए। निजी क्षेत्रलाई समेत सहभागि गराएर नेपालमा विद्युतिय सार्वजनिक यातायात संचालन गर्नका लागि सरकारले योजना अघि सारेको उनले बताए।

उनले सवारी साधन चालकका लागि रिफ्रेस सेन्टर खोलिने पनि बताए। भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले यातायात क्षेत्रको विकास र सुविधाका लागि बसपार्क थप व्यवस्थित र सुविधा सम्पन्न बनाईने बताए। महाकाली यातायात बस व्यवसायी प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले नेपाल भारत सीमा क्षेत्रको स्थानीय तहमा रहेको बसपार्क र यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न अनुरोध गरेका थिए।

भीमदत्त नगरपालिकाले एक बर्षअघि ७ करोड, ३२ लाख, ५४ हजार ५९४ रुपैया लगातमा निर्माण गरेको थियो। गुरुयोजना अन्तर्गत पर्खाल, सुरक्षा पोष्ट, तीनतले कार्यालय भवन, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, ट्याक्सी स्टेन्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौय बत्ती, लकर रुम र गाडी स्टाफका लागि आरामगृह निर्माण गरिएको छ।

बसपार्कमा एकैपटक ४०० बस पार्किङ गर्न सकिने स्टमेट तयार गरिएको छ। महेन्द्रनगरमा आधुनिक बसपार्क निर्माणसंगै यस क्षेत्रको यातायातमा सुधार आएको यातायात व्यवसायीको भनाई छ।

प्रतिक्रिया
ताजा अपडेट