शुक्र, फाल्गुन ९, २०७६
Fri, February 21, 2020

अक्षकुमारको पारिश्रमिक १ अर्ब २० करोड


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

मुम्बई – बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट ।

गतवर्ष अर्थात २०१९को कुरा गर्ने हो भने उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता समेत बने । अक्षयकुमार अहिले रोहिट शेट्टीको फिल्म ‘सूर्यवंशी’ अभिनय गरिरहेका छन् भने निर्माता निर्देशक आनन्द एलरायले आफ्नो नयाँ फिल्मका लागि पनि उनलाई साइन गरेको चर्चा छ । आनन्दको फिल्ममा सारा अलि खान र धनुषको पनि अभिनय रहनेछ ।

एकपछि अर्काे फिल्म लगातार हिट दिएका अक्षयकुमारले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । आनन्द रायको फिल्मका लागि पनि उनले १२० करोड अर्थात १ अर्ब २० करोड पारिश्रमिक लिएको चर्चा छ । जुन फिस अहिलेसम्मकै महँगो हुने बताइएको छ । तर यस बिषयमा भने अक्षयकुमारले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

आनन्दको फिल्म छिट्टै घोषणा हुँदैछ । प्रेमकथामा बन्न लागेको यो फिल्मको सुटिङ केही महिनापछि सुरु हुने बताइएको छ । अहिले अक्षयकुमारसँग लक्ष्मी बमर र बच्चन पाण्डे नामका दुई फिल्म पनि हातमा छन् । यी फिल्मको काम उनले सुर्यवंशीपछि थाल्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट