बिहि, फाल्गुन ८, २०७६
Thu, February 20, 2020

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा पक्राउ


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

भक्तपुर : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भुवनसिंह तामाङ भक्तपुरमा पक्राउ परेका छन। तामाङलाई मध्यपुर थिमि-४ चारदोवाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चारदोबाटोमा अपरिचित व्यक्तिले स्थानीय व्यापारीहरूलाई धा’कध’म्की दिई जव’र’जस्ती चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ का ४४ वर्षीय तामाङलाई पक्राउ गरी सोधपुछ गर्नेक्रममा प्रतिबन्धित नेकपा विप्लव समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीसमेत भन्ने बुझिन आएको प्रहरी नायव उपरीक्षक थापाले बताए। तामाङलाई थिमि वृत्तमा राखी अभद्र व्यवहार क’सूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट