आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

धादिङको मैदीमा ट्रक दुर्घटना हुँदा ६ को ज्या’न गयो, २७ जना घाइते


  • स्वदेश नेपाल
  • मङ्ल, माघ ७, २०७६

धादिङ। घादिङको नीलकण्ठ गाउँपालिका–८ मैदीमा ट्रक दुर्घटना हुँदा ६ को ज्या’न गएको छ । यसै दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन्, जसमध्ये पाँच जनाको अवस्था ग’म्भी’र रहेको जानकारी गराइएको छ ।

मंगलबार घादिङको ढोलमण्डली मन्दिरमा पूजा गरेर फर्केका स्थानीयहरु चढेका ग१ख ८०१२ नम्बरको (आइचर)ट्रक दुर्घटनामा परेको हो । घटनास्थलमा नेपाल प्रहरी र स्थानीयहरुले उद्धार गरिरहेका छन् ।

के कारण उक्त ट्रक दुर्घटना भयो भन्ने विषयमा जानकारी गराइएको छैन । ट्रकमा झण्डै ४० यात्रु रहेको अनुमान गरिएको छ। ट्रकका चालक ग’म्भी’र घाइते भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट